Monday, March 11, 2013

११ मार्चः जापानी भुईँचालो र सुनामीको दुइ बर्ष

आज अंग्रेजी पात्रो अनुसार मार्च ३, २०१३, आज भन्दा ठिक २ बर्ष अघि उत्तरी प्यासिफीक महासागारको जापानी तट बाट करिव १३० कि. मि. टाढा केन्द्र बिन्दु भएर ९.० रेक्टर स्केलको महाभुकम्प गएको थियो। 
तस्बिरः सुनामी आउदाको क्षण (तस्विरः igu-online.org)
भुकम्प मात्रैले खासै क्षति नगरे पनि त्यसपछि को सामुद्रिक सुनामीले लगभग १९,००० मानिसको ज्यान लियो, अनि ३,००,००० भन्दा धेरै मानिस बिस्थापित भएर आफ्नै देशमा शरणार्थी जिवन बिताउन बाध्य छन्। दिउसो २:४६ मा गएको भुकम्प पछि झन्डै आधा घण्टा ढिलो आइपुगेको सुनामीले तटिय क्षेत्रका शहर अनि बस्तिहरुमा बितण्डा मच्चाएको थियो, जहाँ सबै भन्दा अग्लो छाल लगभग ३६ मिटर मापन गरीएको थियो। सुनामीको क्षति संगसंगै यसैका कारण आणबिक उर्जा उत्पादन केन्द्रमा रहेको चिस्याउने प्रणाली बन्द हुँदा भट्टिहरु बिस्फोट हुन पुगे र आणबिक बिकिरण फैलियो जसका कारण अझै पनि केन्द्रको ८० कि. मि. वरिपरि मानिसको बस्ति पुनर्स्थापना हुन सकेको छैन।