Friday, January 15, 2016

बिदेशी मिडियामा नेपाली भूकम्पको अनुमानः नेपाली भ्रम र यथार्थ

यो साता फेरी एकपटक 'नेपालमा अझै बिशेषगरी काठमाण्डौं नजिकै ठुलो भूकम्प जाने संभावना छ' भन्ने समाचारले अखबारका पाना खुम्चिए, टेलिभिजनका पर्दाहरु थर्थराए, अनलाईन पोर्टलहरु हिट भए, रेडीयोले कानै थर्कायो। नेपाली मनहरु काँप्न थाले सायद कतिले फेरी एकपटक त्रिपालको जोहो गर्न थालेपनि होलान! सबैले बिदेशी सञ्चारमाध्यमहरुमा आएको समाचारको भावानुबाद गरेर समाचार बनाएका थिए, जसको मुल श्रोत थियो "नेचर जिओसाईन्स" नामक अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित एक अनुसन्धानमुलक लेख

यसरी नेपालीको मुटु थर्काउने समाचारहरु बिदेशी संचारमाध्यमा कसरी आउछन, यसलाई हामीले कसरी बुझ्ने भन्नेबारेमा हामीमा रहेका केहि भ्रमहरु चिर्ने र प्रष्ट्याउने कोशिस यो लेखमा गर्ने छु।


पहिले कुरा गरौं जर्नल पेपर भनेको कस्तो हो?
अनुसन्धानकर्ताहरुले गरेका बिबिध अनुसन्धानका कामहरुको बिस्तृत कार्यबिधि, नतिजा र बिश्लेषण सहितको आलेखहरु प्रकाशनहुने बिशेष पत्रिका हो। यसमा आलेख छपाउनु पहिले लेखकले अपनाएका कार्यबिधिहरु सहि छन या छैनन, नतिजाहरुको बिश्लेषण सहि छ या छैन भनेर सम्बन्धित क्षेत्रका बिज्ञहरुले अध्ययन गर्छन र सहि छ भन्ने लागेमात्र यसलाई प्रकाशन गरिन्छ। कतिपय बिषयहरुमा निश्चित नतिजा नआएपनि केहि फरक तर बिश्वसनिय देखिने बिधिहरु छन भने पनि प्रकाशन गरिन्छ। तर पनि कहिलेकाहीं ति गलत हुनसक्छन त्यस्तो अबस्थामा जर्नलले त्यो आलेख फिर्ता गर्न र लेखकले कारबाही भोग्न पनि सक्छन, जस्तै स्टेम सेल सम्बन्धि एक अनुसन्धानमुलक पेपरमा गलत तरिकाले नतिजा देखाएको भन्ने प्रमाणित हुदा जापानका सम्बन्धित अनुसन्धान कर्ताले डिग्रिमात्र गुमाएनन्, सामाजिक प्रतिष्ठा गुमेकोले ज्यान नै फाले।
जर्नल पेपरहरुमा सधैं बिशेष मात्रै छापिन्छन भन्ने पनि हुदैन, अनुसन्धान गर्दा एक पाटो केलाएर त्यसको सुछ्म बिश्लेषण गर्ने गरिन्छ। त्यसैले भूकम्प जस्तो जटिल र अनुसन्धानको क्षेत्रमा तुलनात्मक रुपमा नयाँ बिषयमा धेरै अनुसन्धानकर्ताहरुले आ-आफ्ना धारणाहरु यसरी प्रकाशित गर्नु सामान्य हो।

कसरी बन्छन सञ्चारमाध्यममा समाचार?
नेपालको भूकम्प बिश्वबजारमै निकै बिकेको समाचार रह्यो सन २०१५मा, मिडियामा आउने समाचारहरु दर्शक/पाठकका रुचि अनुसार बनाईने या लेखिने गर्छन यो नेपाल मात्रै होईन बिश्वका सबै मिडियामा लागुहुने कुरा हो। समाचार बनाउन श्रोत चाहिन्छ, बिबिसि सिएनएन लगायतका बिदेशी मिडियाले उनकै सहज पहुचका मानिसका कुराहरुलाई लिएर समाचार बनाउछन, कुनै बिशेष बाहेक अन्यथा तिनिहरुले बिकसित राष्ट्रबाहेकका मानिसहरुको श्रोतमा समाचार बनाउने गर्दैनन।  नेपाली मिडियाले यो ०७२ सालको भुकम्प पहिले कहिल्यै अन्य देशमा गएका निकै ठुला बाहेकका भुकम्पको समाचार दिएको थाहा पाउनु भएको थियो। नेपालकै पनि ५ रिक्टर घटिका आईरहेका थिए तर कहिल्यै यसरी समाचार बनेका थिए? तर अाजकल बिश्वभरी जाने सामान्य भन्दा सामान्य भूकम्पहरुपनि समाचार बन्ने गरेका छन नेपालमा, जो त्यहि देशमा समेत खासै समाचार बन्दैनन। अाजकल झनै आर्थिकलोभले खोलिएका वेबसाईटहरु यसमा भरपुर लागेका हुन्छन जसले 'भिडियो हेर्न तल क्लिक गर्नुहोस' भन्दै लेखेका हुन्छन। त्यसैले बिदेशी सञ्चारमाध्यमले नेपालको भूकम्प सम्बन्धी केहि लेखे भने त्यसलाई सनसनि बनाउने होडबाजीमा त्यसको मुल मर्म मरिसकेको हुन्छ र त्यो केबल एक भूत जस्तो बनेर सर्सराउन थाल्छ सामाजिक सञ्जाल देखी सबै तिर।

केहि पहिले अगस्टको दोश्रो हप्तातिर पनि यस्तै समाचार आएको थियो र अहिले पनि आएको छ जुन दुबै समाचार बनाउने श्रोतको रुपमा रहेका २ जर्नल पेपरहरु छन। जसमा युनिभर्सिटि अफ क्याम्ब्रिजका अनुसन्धानकर्ता Jean-Philippe Avouac दुबै जर्नल लेख्ने टिमका सदस्य छन। यसको अर्थ यि दुबै जर्नल करिब एकै आधारमा लेखिएका छन। पहिलो जर्नल दोश्रो भूकम्प नजादै लेखिएको थियो र दोश्रो पछील्लो भूकम्प पछी लेखिएको हो। दुबैको मुल आधार कुन ठाउँ कति सर्यो भन्ने हो जसकालागी स्याटेलाईट ईमेजहरुको प्रयोग गरिएको छ, जसमा भूकम्प पहिले र पछीको अबस्था देखाइएको छ। केहि महिना पहिले काठमाण्डौं १ मिटर माथी उठ्यो भनेर समाचार आएको आधार चित्रजस्तैका कुरा अहिलेका ति जर्नलका मुल आधार हुन। यसमा बिचको ठाउँमा मात्रै धेरै सरेको ले यहाँ शक्ति सञ्चय भएको छ भन्ने आधार प्रस्तुत गरिएको छ। यसका अन्य पाटा पनि हुनसक्छन, पश्चिममा ५०० भन्दा धेरै बर्षदेखि शक्ति सञ्चित छ भनिन्छ तर अहिलेसम्म ठुलो भूकम्प गईसकेको त छैन। यसमा पनि त्यस्तै हुनपनि सक्छ केहि बर्ष भित्रै जानपनि सक्छ त्यसैले यसको कुनै त्यस्तो ठोस निचोड निकाल्न मिल्छ भन्ने लाग्दैन।

नेपालमा भूकम्पको संभावना छ, भौगोलीक हिसाबले यो सधैं रहन्छ। भूकम्प सम्बन्धी अनुसन्धानहरु शुरु भएको त्यति धेरै भएको छैन त्यसमाथी नेपालकै बारेमा त एकदमै कम छ। अनुसन्धान राम्रो गर्न सकेसम्म धेरै परिक्षण अनि तथ्यांकहरु आबश्यक पर्छन। कयौं किलोमिटर तल हुने कम्पनको यो प्रक्रियालाई स्याटेलाईट ईमेज र कुनै एक परिक्षणको आधारमा ठोकुवा गरेर भन्न नमिल्ला र लेखकहरुले त्यसरी भनेका पनि छैनन, धेरै पाटाहरु मध्ये उनिहरुले केबल एक पाटोको बिश्लेषण गरेका हुन।

हामी लौ अहिले नै आउनलाग्यो, भोलीनै आऊँछ भने झैं गरि प्रचार गर्दैछौं जुन कालुको 'बाघ आयो, बाघ आयो' भने जस्तै 'भूईंचालो आयो, भूईंचालो आयो' भन्ने कथा हुनसक्छ। हामीले बिस्तारै यसको बास्ता गर्न छाड्नेछौ अनि यसले आफ्नो रुप देखाउन सक्छ!

भूकम्पको भविष्यबाणी गर्न अहिलेसम्म कसैले सकेको छैन आशा गरौं केहि बर्ष, दशक या शताब्दी भित्र मौसम पुर्बानुमान जस्तै यसको पनि भविष्यबाणी हुन शुरुहोला कि! यस किसिमका  अनुसन्धानहरुबाट हामीले लिने फाईदा भनेको आफुलाई सजग राख्ने हो तर डर र त्रास बोक्ने होईन, आफुलाई तयारी हालतमा राखिरहने हो, बस्ने घर, कार्यालय बलियो बनाउने हो। सरकारले सार्बजनिक संरचनाहरुमा बिशेष ध्यान दिएर बलिया संरचना बनाउने, पुरानालाई सबलिकरण गर्ने गर्नु पर्ने हो, ब्यक्तिगत संरचनाहरुलाई पनि नितिगत ब्यबस्था कडारुपमा लागु गरि बलियो बनाउन लगाउनु पर्ने हो।
जापानको राजधानी शहर टोकियोमा बिगत ५-६ बर्षदेखी बेलाबेला आधिकरिक रुपमै हामीले ठुलो भूकम्पको धक्का झेल्नुपर्ने हुनसक्छ निकट भविष्यमै, सबै ध्वस्त हुनसक्छ, हजारौंको ज्यान जानसक्छ त्यसैले सदैव तयारी हालतमा रहनु भनेर भन्ने गरिएको छ। बिपद ब्यबस्थापनमा पुर्ब तयारी गरिएको छ। त्यहाँका न त जनता न त मिडियाले नै त्यसलाई सनसनी बनाउछन बरु यसलाई पुर्बतयारीका रुपमा लिन्छन।

यसै ब्लगमा पनि भूकम्पिय सुरक्षा दिवसको बेला पारेर भूकम्पिय संभावना र तयारीका बारे चर्चा गरिएको थियो कुनै पुर्बानुमान त थिएन तर करिब डेढबर्षपछी करिब उस्तै कथा बास्तविकतामा बदलियो। फेरी भोली पनि कुनैपनि समय दोहोरिन सक्छ त्यसैले कसले कहिले आउँछ भन्यो भनेर पछि लाग्न छाडौं। अर्को जुनसुकै बिपद झेल्ने पुर्ब तयारीमा लागीरहौं, समय क्रममा बिर्सने र हेलचक्र्याईं गर्ने बानी हटाऔं यहि नै यथार्थ हो।