Thursday, December 17, 2015

भूकम्प पिडितले पाउने २ लाख बाँड्ने कार्यबिधि तयार, कसले र कस्तो घर बनाउन कसरी रकम पाउने हेरौं बिस्तृतमा (नक्सा सहित)

बैशाख महिनामा आएका ठुला भुकम्पका कारण घर गुमाउन पुगेका जनताका लागी बितरण गरिने घोषणा गरिएको २ लाख अनुदान रकम बाँड्ने कार्यबिधि तयार भईसकेको छ। तर यसका लागी सजिलै तपाईंले त्यो रकम पाउनुहुने भने छैन। त्यसका लागी केहि शर्त हरु छन जुन तपाईं सबैले पुरा गर्नुपर्ने छ।
आबश्यक शर्तहरुः

कस्ता ब्यक्तिले पाउनेः

मर्मत तथा प्रबलीकरण गर्दा पनि प्रयोग गर्न नसक्ने गरी पूर्णरुपमा क्षति भएका आवास भवनको घरधनी, 
तर
भूकम्पबाट क्षति भएको बाहेक सोही स्थान वा अन्यत्र आवास भवन नभएको व्यक्ति वा परिवार ।

तपाईंसँग नागरिकताको प्रतिलिपी वा मतदाता प्रमाणपत्रको प्रतिलिपि वा जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपि वा जिल्ला दैवी प्रकोप उद्दार समितिबाट प्रदान गरिएको परिचय पत्र हुनुपर्नेछ ।

यदी माथी उल्लेखित कुनैपनि प्रमाण नभएको अवस्थामा स्थानीय समुदायको रोहवरमा भूकम्प पिडित भनी स्थानीय निकायले प्रमाणीकरण गरेको व्यक्ति भएपनि हुनेछ ।


कस्तो घर कसरी बनाएमा यो रकम पाईनेः

सरकारी यो नियम अनुसार तपाईंले यस अघीनै यदि आफ्नो तरिाकले बनाउनु भएको छ भने तपाईंले यो रकम पाउनुहुने छैन। तपाईंलाई शहरि बिभागले निश्चित घरका नक्साहरु दिनेछ, त्यहि मध्ये कुनै एक मोडेल छानेर भने अनुसार बनाउनु पर्ने छ।
 नक्सा र डिजाइन ः 
(१) डिभिजन कार्यालयले लाभग्राहीहरुलाई भूकम्प प्रतिरोधी प्रविधि सहितका नमूना आवासका डिजाइनहरु उपलव्ध गराउने छन् । लाभग्राहीले नमूना आवासका प्रविधिहरु मध्ये कुनै एक छान्नु पर्नेछ । यसमा कोठाको नाप र कोठाको संख्या आवश्यकता अनुसार थपघट गर्न सकिनेछ । (नक्साहरु तल दिईएको छ)

(२) घर निर्माण गर्दा अनिवार्य रुपमा भूकम्प प्रतिरोधी प्रविधि अनुशरण गर्ने, तालिम प्राप्त कालिगढवाट निर्माण कार्य गराउने र तोकिएको गुणस्तर कायम गर्ने गरी अनुदान प्राप्त गर्ने लाभग्राहीले स्थानीय निकायबाट प्राप्त हुनेअनुसूची–१ अनुसारको दरखास्त भरी समझदारी पत्रमा दस्तखत गर्नुपर्ने छ । 

(३) माथि २ नंमा उल्लिखित लाभग्राही र स्थानीय निकाय बीच हुनेसमझदारीपत्रको  नमूना सहरी विकास तथा भवन निर्माण विभागले तयार पारी जिल्ला आयोजना कार्यान्वयन इकाईलाई उपलब्ध गराउने छ । 

(४)सहरी विकास तथा भवन निर्माण विभागले नक्सा, डिजाईन र भूकम्प प्रतिरोधी प्रविधि सम्बन्धी सुपरिवेक्षण गर्नेछ ।

(५) ४ नंमा भने बमोजिमको सुपरिवेक्षणको लागि सहरी विकास तथा भवन निर्माण विभागले आवश्यकता अनुसार ईन्जिनियर, सव ईन्जिनियर, असिस्टेन्ट सव ईन्जिनियर करार सेवाबाट प्राप्त गरी व्यवस्था गर्नेछ ।

तपाईंले रकम कसरी पाउनेः
यदि तपाईंले यस कार्यबिधिमा भने अनुसार काम गर्न गराउन मन्जुर छु भनि हस्ताक्षर गरि सम्झौता गर्नुभयो भने ३ किस्तामा बढिमा २ लाख सम्म रकम अनुदानको रुपमा पाईने छ।

(क) अनुदानको रकम स्थानीय निकायले लाभग्राहिको बैङ्क खातामा भुक्तानी गर्ने छ । तर, पहिलो किस्ता भूक्तानीको लागि वैंक खाता नभएका लाभग्राहीलाई नगदै अनुदान वितरण गरिने छ ।

(ख) रकम भुक्तानी गर्दा अनुसूची–३ बमोजिमको प्रक्रिया पुरा गरी ३ किस्तामा अनुदान उपलब्ध गराइनेछ । यस्तो अनुदान रकम अधिकतम २ लाख रुपैयाँ  हुनेछ । 

(ग) माथी उल्लेखित नक्साहरुबाट छनौट गरिएको आवास भवनको डिजाइन र प्रविधि वमोजिम आवास भवन निर्माण गर्दा नेपाल सरकारले उपलव्ध गराउने २ लाख रुपैयाँसम्मको सहायता रकम भन्दा वढी लागत रकम लाभग्राही आँफैले वेहोर्नु पर्नेछ । आफै व्यहोर्न नसक्ने लाभग्राहीहरुको हकमा ३ लाख रुपैयाँ सम्मको सहुलियत कर्जा लाभग्राहीहरुको सामुहिक जमानीका आधारमा बैंकिङ्क प्रणालीबाट उपलब्ध गराउने व्यवस्था गरिनेछ । 

(घ) सरकारवाट उपलव्ध हुने सहायताको सम्पूर्ण रकम आवास भवन निर्माणको कार्यमा खर्च गर्नु पर्नेछ र यो भन्दा कम लागतका आवास भवन निर्माण गरेमा सोही अनुसारको रकम मात्र अनुदान दिइनेछ ।

(ङ) समझदारी पत्र तथा खर्च सम्वन्धी विवरणको अभिलेख जिल्ला आयोजना कार्यान्वयन इकाईले राख्नेछ ।


यि पनि छन है शर्तः
(२) अन्य स्वदेशी वा विदेशी संघ संस्थाबाट आवास भवन निर्माणका लागि पूर्ण अनुदान वा आवास भवन नै प्राप्त गरेको लाभग्राहीलाई यस कार्यविधि बमोजिमको २ लाख रुपैयाँ अनुदान सहायता उपलब्ध गराइने छैन ।

(३) कुनै लाभग्राहीको एक भन्दा बढी आवास भवन क्षति भएकोमा त्यस्तो लाभग्राहीले यस कार्यविधिको अधीनमा एउटा आवास भवन पुनर्निर्माणका लागि अनुदान पाउने छ । एकभन्दा बढी स्थानमा आवास भवन हुने लाभग्राहीलाई अर्को स्थानमा घर पुनर्निर्माण गर्नु नपर्ने अवस्थामा यो अनुदान सहायता उपलब्ध गराइने छैन । 

(४) बुँदाहरु (२) र (३) को प्रयोजनका लागी लाभग्राहीले अनुसूची– २ बमोजिको स्वयं घोषणाको फाराम भरी पेश गर्नु पर्नेछ ।


सरकारले आबश्यक सामाग्रीको ब्यबस्था यस अनुरुप गर्ने भनेको छः
यस कार्यविधि बमोजिम अनुदान दिने आवासको लागि आवश्यक पर्ने जस्तापाता, सिमेन्ट, हुक, कब्जा जस्ता निर्माण सामाग्रीहरु स्थानीय बजारमा यथेष्ट मात्रामा उपलब्ध गराउन आवश्यक सहयोग र समन्वय सम्बन्धित जिल्ला प्रशासन कार्यालयको सहयोगमा विभागहरु, डिभिजन कार्यालय, जिल्ला प्राविधिक कार्यालय र स्थानीय निकायहरुले गर्ने छन्।

(२) बुँदा (१) बमोजिमको निर्माण समाग्रीहरुको गुणस्तरको सुनिश्चितताका लागि जिल्ला आयोजना कार्यान्वयन इकाईलेर यस्ता सामाग्रीहरु व्यवस्थाको लागि जिल्ला प्रशासन कार्यालयले आवश्यक कार्य गर्नेछन्।


भवनका नमुनाहरुः

नेपाल सरकारको भवन बिभाग संगै, जापानी सहयोग नियोग (JICA) तथा बिश्व बैंकका परामर्शदाता समेतले बनाएर ढुंगा तथा ईट्टाका सिमेन्ट तथा माटोको जोडाईमा बनाउनका लागी यि नक्साहरु प्रस्ताव गरेका छन। तपाईंले यिनै मध्ये १ छान्नु पर्ने छ। यससंगै सबै नमुना घरहरुकोलागी आबश्यक सामाग्रिको अनुमानीत बिवरण, ज्यामी तथा मिस्त्रीको बिवरण पनि दिईएको छ। प्रत्येक घरहरु बनाउदा कत्रो साईजको बनाउने, जग कसरी बनाउने, गार्होको जडान कसरी गर्ने, छाना कसरी राख्ने लगायतका सबै बिबरण बिस्तृत रुपमा दिईएको छ। 


कुनै समस्या परेमा कमेन्ट छोड्न सक्नुहुन्छ।

ईंट्टाको गार्हो सिमेन्टको जोडाईमा बनाउने भएमाः

नमुना १)

 नमुना २)
 नमुना ३)
 नमुना ४)
 नमुना ५)

नमुना ६)



नमुना ७)














ढुंगाको गार्हो सिमेन्टको जोडाईमा बनाउने भएमाः

नमुना १)
 नमुना  २)
 नमुना ३)
 नमुना ४)
 नमुना ५)
 नमुना ६)
 नमुना ७)
 नमुना ८)



ढुंगाको गार्हो माटोको जोडाईः

नमुना १)












ईट्टाको गार्हो माटोको जोडाईः

नमुना १)













Monday, May 25, 2015

भुकम्पकका कारण मृतक संख्या बढ्नुको एक कारणः हामीले दिएको अपुरो शिक्षा !!!

बैशाख १२ र २९ गतेका भुकम्पका कारण हताहती हुनेको संख्या ८६५० (नेपाल पुलिसले उपलब्ध गराएको तथ्यांक, जेठ ९) अपेक्षाकृत कम नै हो किनकि हामी भाग्यमानी रह्यौं भनौं यो यस्तो समयमा आयो कि यदि भगवान (छन भन्ने मान्नुहुन्छ भने)ले नेपालमा भुकम्प आउछ नै तर कुन दिन र समयमा पठाऊं भनेर सोध्थे भने सायद मैले भन्थेँ होला, शनिबार, दिऊसो। समयले मात्रै होईन आएको भुकम्पको तरंग काठमाण्डौंको बिच भागमा (कान्तिपथको तथ्यांक हेर्दा) यति शुस्त खालको आयो कि जुन अन्य ठुला भुकम्प भन्दा भिन्नै थियो। अनुसन्धानकर्ताहरुले सोचे भन्दा फरक थियो जसको असर होचा संरचनामा खासै धेरै पर्ने थिएन तर अग्ला संरचनाहरुमा बढी पर्ने थियो। जब नेपालमा ७.९ मोमेन्ट म्याग्निच्युडको भुकम्प गयो भन्ने थाहा पाएँ तत्कालै मैले मनमनै भनेको थिएँ १०,००० भन्दा माथि नकटिदिओस, करिब करिब त्यस्तै भयो। यति हुदा हुदै पनि अझै हामीले केही मृतकका संख्या घटाउन सक्थ्यौं कि, कहाँ भयो त हाम्रो कमजोरी? 

USAID ले आफ्नो वेबपेजमा राखेको यो फोटो

हामीले दिएको अपुरो शिक्षा!!!

नेपाल भुकम्पिय जोखिममा थियो, हामीले यस्तो आँकलन पहिल्यै गरेका थियौं त्यसैले त हाम्रा दाताहरुले यस्तै प्राकृतिक प्रकोपबाट सकेसम्म कम क्षति गराउन के गर्न सकिन्छ भन्ने बारेमा लगानी गरिदिए। हाम्रो देशमा गजबको कुरा कसले के शिर्षकमा कति डोनेसन ल्याए भन्ने खासै हिसाब हुदैन भन्ने सुनिन्छ, यो कत्तिको सत्य हो सम्बन्धितलाई नै थाहा होला। बिबिसीको २१ मे २०१५ मा प्रकाशित समाचार  Where is Nepal aid money going? मा जनाएअनुसार बेलायतले मात्र पछिल्लो ४ बर्षमा करिब ३ अर्ब नेपाली रुपैया भुकम्पिय सुरक्षा तयारी भनेर DFID मार्फत दिएको रहेछ। अन्य लगानी थाहा पाउन अब डोनरहरुकै देशका सन्चारमाध्यमहरु कुर्नुपर्ला।

के सिकायौं?

भूकम्पको धक्का महसुस हुनासाथ पहिले हामीले भन्यौं आफ्नो वरिपरि रहेको सुरक्षीत स्थानमा लुक्ने, टेबल, खाट या ढोकाको तल। त्यसरी बस्दा सकेसम्म आफुलाई सानो पार्ने त्यसैले निहुरिने, घुँडा टेक्ने अनि टाउको लुकाउने। यदि केही छैन वरिपरि भने भुईमै भएपनि गुडुल्कि परि टाउको लुकाउने भनेर हामीले पछिल्लो समय मन्त्रिलाई नै घुँडा टेकाएर कार्यक्रम गर्यौं र यहि सिकायौं, स्कुलहरुमा गयौं बालबालीकालाई यहि सिकायौं। हामीले गाउँदेखि शहर सम्म एउटै कुरा फुक्यौं, रेडियो टेलिभिजनहरुले यहि कुरा सुनाईरहे, देखाईरहे जसले गर्दा सबैको मनमा पर्यो जब भुईचालो आयो अब बाहिरै पिंढिमै भएपनि भित्र छिर्यो र खाट या टेबुलमा लुक्यो।
के यो निरपेक्षरुपमा सहि हो त? यो प्रश्न मेरो मनमा पहिले देखि थियो, सन २०१२ र १३ मा म ईन्डोनेसिया पुगेको थिएँ स्वयंसेवीको रुपमा जहाँ हाम्रो मुख्य उद्देश्य थियो, ४-६ कक्षा पढ्ने बिध्यार्थिहरुलाई भुकम्प र सुनामीबाट कसरी सुरक्षित रहने भन्ने बारे केहि ज्ञान बाँड्ने। ईन्डोनेशिया भुकम्प र सुनामीको निकै धेरै जोखिम भएको राष्ट्र हो। सन २००४मा आएको भुकम्प र त्यसका कारण आएको सुनामीले करिब २,३०,००० मानिसको ज्यान लिएको थियो त्यसपश्चात यस सम्बन्धि सुरक्षाको चेतना जगाउन क्योटो बिश्वबिध्यालका प्राध्यापक जुन्जि कियोनोको अग्रसरतामा प्रत्येक बर्ष यसै बिश्वबिध्यालय अध्ययन गर्ने जापानी सहित केही बिदेशि स्वयंसेवीहरु ईन्डोनेसियामा जाने गरिएको छ।
त्यहाँ गएर हामीले के सिकाउने भन्ने कुरा जापानमै तय गरिन्छ र तयारीसमेत गरिन्छ। यसमा मुख्यत दुई भाग छन जसमा पहिलो भागमा भुकम्प र दोस्रो भागमा सुनामीबाट सुरक्षित कसरी हुन सकिन्छ भनेर सिकाईन्छ। यसक्रममा हामीले तयारी गर्दा पहिले देखि सिकाईंदै आएको कुरा जुन हामीले नेपालमा सिकायौं त्यहि थियो तर मैले त्यसबेला प्रश्न गरें के आफु बसेकै घरको मुख्य संरचना नै सुरक्षित छैन भने यसरी लुक भनेर उनिहरु सुरक्षीत हुनसक्छन? त्यसबेला केही छलफल भएको थियो र केहि सामान्य परिमार्जन गरियो।

कस्तोमा यो ठिक कस्तोमा बेठिक?

बिशेष गरी बिकसित देशहरुमा प्रयोगमा आउने बिधि हो यो जुन प्रभावकारी पनि छ। बिकसित देशमा ठुलै भुकम्प आउदा पनि घरहरु पुरै ढल्ने खालका हुदैनन, पार्टिसन वालहरु भत्कन सक्छन, सिलिङ खस्न सक्छ, कोठामा राखिएका दराज, टेलिभिजन, सोकेसहरु पल्टनसक्छन र लाग्न सक्छ, त्यसैले यस्तोबाट बच्न त्यहाँ यसो गर्ने गरिन्छ। 
नेपालजस्ता बिकासोन्मुख या अल्पबिकसित देशहरुमा भवनहरु जहाँ जथाभावी निर्माण गरिएका छन, सुरक्षित हुने गरि मापदण्ड अपनाएर बनाईएका छैनन, ग्रामीण क्षेत्रमा निकै कमजोर संरचनाहरु छन। त्यस्ता संरचनाहरु भुकम्पको धक्काले पुर्णरुपमा क्षति हुने संभावना ज्यादा छ। हाम्रै गाउँघरमा ढुंगामटोले बनेका १-२ तले घरहरु धेरै छन, यसपटकका भुकम्पको धक्काले केहि निमेषमै ति भग्नाबशेषमा परिणत भए। त्यस्ता ठाउँमा समग्रमै भुकम्प आउदा खाटमुनि, टेबलमुनी लुक या जहाँ छौ त्यहीं गुडुल्कि परि बस भनेर सिकाउदा झनै जोखिम बढेन र? हो कुनै अबस्थामा भाग्न खोज्दा माथिबाट झर्ने या पल्टने सामानका कारण पनि मृत्यु हुनसक्छ तर यस्तो जोखिमको बारे थाहा हुने अबस्था भएमा के गर्ने निर्णय गर्न सजिलो हुनेछ।
उदाहरणको लागी हेरौं अहिलेको चर्चित अपार्टमेन्ट होराईजन जसको मुख्य संरचनागत क्षति कम छ, ढलेको छैन तर भित्र वालहरु धेरैजसो लडेका छन, सामानहरु छरपस्ट भएको छ, यस्ता खालका संरचनाहरुमा हुँदासम्म हामीले सिकाएको बिधि ठिक हो। तर हाम्रो गाउँघरमा ढुंगा माटोले बनेका संरचनाहरु भित्र या शहरी क्षेत्रमै पनि पुर्णरुपमा ढलेका संरचना भित्र यसो गर्दा के हामी सुरक्षित हुनसक्छौं त? सक्दैनौं पक्कै पनि, हामीले हेर्नसक्छौं यस समयमा जिवितै उद्दार हुनेको संख्या तुलनात्मक रुपमा कम होईन र?

फेरीपनि मुख्य कुरा के हो भने के सिकाएको भए हुने थियो होला त? यसको उत्तर सजिलै भन्न सकिदैन, यसको लागी हामीले केही गृहकार्य पहिले नै गरेको भए सायद केहि हुने थियो कि? तर पनि सम्बन्धित क्षेत्रमा अब यसबारेमा अनुसन्धान र बहसको आबश्यकता छ। यसबाट हामीलाई त भबिष्यमा हुनसक्ने बिपदबाट जोगिन सहयोग पुग्छ नै संगसंगै बिश्वका अन्य भुकम्पिय जोखिम रहेका हामी जस्तै अल्प बिकसित देशहरुलाई पनि सहयोग पुग्नेछ।

जोखिमको आंकलन गरौं र निर्णय गरौं भनेर सिकाउँदा कसो होला?

अब हाम्रो शिक्षामा कस्ता घर भुकम्पको बेला कसरी भत्कन सक्छन, भत्कने जोखिम कति हुन्छ भन्ने बुझाउँ, भूकम्प कत्रो आउदैछ भन्ने शुरुमै थाहा नपाएपनि यदि उसले आफुरहेको स्थानको जोखिम मुल्यांकन गर्नजान्यो भने तत्कालै आफु भाग्ने या त्यहिं सुरक्षित स्थानमा रहने भनेर निर्णय गरि सोहि अनुरुप आफुलाई परिचालन गर्न सक्छ भन्ने मेरो बुझाई हो।
कुनैपनि भुकम्पको धक्का आउदा हामीले थाहा पाउने समयमै एकैचोटी संरचनाहरु ढल्ने होईनन त्यहाँ पनि केही सेकेन्डको समय हुन्छ, यदि नजिकै सुरक्षित स्थान छ भने भागेर त्यहाँ जानु सुरक्षित हुनसक्छ। तर यदि आफु भागेर सुरक्षित स्थान पुग्न धेरै समय लाग्ने छ भने नजिकैको टेबुल, खाट या कुनै सुरक्षित स्थानमा बस्नु राम्रो हुन्छ।
पहिले संरचनाहरुलाई मुख्य २ भागमा बाँडौः
  •     बलियो घर (पिलर/वाल सिस्टमको भवनसंहिता मानेर बनाईएको भवन)

यदि बलियो घर भित्र छौं भने भागेर थप जोखिममा पार्नुहुदैन त्यसैले नजिकैको सुरक्षित ठाउँ(टेबुल, खाट मुनि) मा बसौं।
  •  तुलनात्मक कमजोर घर (पुरानो/ढुंगामाटो/ईट्टाले बनाईएको घर)

यदि हामी यस्तो घरको तल्लो तलामा छौं केहि सेकेन्डमै बाहिर सुरक्षित ठाउँम पुग्न सकिन्छ भने त्यसतर्फ लागीहालौं, यदि माथिल्ला तलाहरुमा छौं भने नजिकैको सुरक्षित स्थानमा बसौं।
संरचनालाई यसरी सिधारुपमा बुझ्न सर्बसाधारणलाई गार्हो हुन्छ भन्नेकुरा आउला तर हामीले यसलाई साधारण तरिकाले नै सर्बसाधारणलाई बुझाउन सक्छौं, केहि समय त लाग्ला तर असम्भव होईन। सर्बसाधारणमा ईन्जिनियरिङका केही सामान्य ज्ञानहरु पुग्न पनि यसले मद्दत गर्नेछ। यसोगर्दा एक त भुकम्प आउदाको तयारीमा फाईदा पुग्छ भने अर्को आफ्नो घर बनाउदा पनि सबैले बलियो बनाउन के गर्नुपर्छ भनेर बुझ्नेछन।


जोखिम न्युनिकरण गर्न के गर्दा राम्रोहोला भनेर अध्ययन अनुसन्धान हाम्रै आफ्नै परिबेशमा हुनु जरुरी छ। बिकसित देशको कुरा सबै क्षेत्रमा सबैकुरामा हुबहु लागु गराउन खोज्नु सायद बिज्ञानकै नियमको पनि बिपरित हुन्छ। समुदाय र संरचनासंग सम्बन्धित हुने कुराहरुमा न्युटनको बल सम्बन्धिका नियमहरु सर्बब्यापी प्रयोग गरे जसरी प्रयोग गर्न नखोजौं, आफ्नो बस्तुस्थिति हेरेर आफु अनुकुल ढालौं।

Sunday, May 24, 2015

बैशाख १२ गतेको भुकम्प पछि अहिलेसम्म कसरी हल्लियो सगरमाथा फेदी?? सम्पुर्ण समयको वेभ चित्रहरु

बैशाख १२ गतेको गोरखा भुकम्प पश्चात नेपालको धेरै भुभागमा कमपन महसुस भईरहेकै छ। यसरी जाने सम्पुर्ण कम्पनहरु बिभीन्न स्थानमा रेकर्ड गरिएका छन। Istituto Nazionale di Oceanografia e di Geofisica Sperimentale (OGS)ले खुम्बु भ्यालीमा दैनिक रेकर्ड गरेको जमिनको हल्लाई लाई एन्थोनि लोम्याक्सले यसरी चित्रमा देखाएका छन।
यस चित्रमा धरै तलमाथि सम्म पुगेका लाइनहरुले कति धेरै हल्लियो भन्ने जनाउछन। तेर्सा लाईनहरुले प्रत्येक दिनको प्रत्येक घण्टालाई जनाउछन। एउटा बक्समा भएको चित्र एक दिनको हो जसको तल त्यसदिनको मिति लेखिएको छ।
यो तथ्यांक खुम्बु भ्यालीमा लिईएको हुनाले यसले पुर्ब तिरका धककाहरुको राम्रो संग नाप गरेको छ तर पश्चिम तिरका टाढा गएका कम्पनहरु हुनाले यहाँ सानो देखिएको छ। हामीले माथिको चित्रमा देख्न सक्छौं अप्रिल २५ का दिन गोरखामा गएको ठुलो भूकम्पले भन्दा भोलिपल्ट सिन्धूपाल्चोकमा गएको सानो भुकम्पले यस ठाउँ बढी हल्लिएको छ।
यसबाट हामीले अर्को बुझ्नुपर्ने कुरा के हो भने हाम्रा संरचना कति हल्लिए या हाम्रो संरचनामा कति असर पर्यो भन्ने कुरा यति उति रिक्टरको भुईचालो भन्दा पनि जमिन कति हल्लियो त्यो ठाऊमा भन्नेले फरक पार्छ। उदाहरणको लागी यस क्षेत्रको लागी गोरखाको ७.६ (लोकल) रेक्टरस्केल भन्दा भोलिपल्ट सिन्धुपाल्चोक क्षेत्रमा गएको ६.९ (लोकल) रेक्टरस्केल को भुकम्पको असर शक्तिसाली भयो।
(स्टेसन राखेको ठाउँ र गएका केही भुकम्पहरु तलको चित्रमा)

Thursday, May 21, 2015

के हो त USGS को सतर्कता? यसको हिसाब कसरी गरिन्छ? अनि भुकम्प मापनका बारे पनि केही कुरा

भुकम्प गएको करिब महिना दिन हुनलाग्दा सर्बसाधारण समेतले भुकम्पका बारेमा धेरै ज्ञान लिईसकेको देखिन्छ तर अझै पनि केही जिज्ञासा तथा भ्रमहरु परेको देखिन्छ। यस्तै केहि बिषयहरुमा केही प्रष्टपार्ने प्रयास गरेको छु।

मापनमा किन फरक पर्छ? 

अमेरीकी भौगर्भिक सर्भे (USGS) ले संसारका प्राय सबै ठुला भुकम्पहरुका बारे अध्ययन गर्ने गर्छ, उसले आफैले पनि संसारका बिभिन्न ठाउँमा भुकम्प मापन गर्ने यन्त्रहरु राखेको छ। काठमाण्डौंमै पनि कान्तिपथको American Recreation Center मा एउटा भूकम्प मापन केन्द्र उसले राखेको छ। त्यस संगै अन्य ठाउमा राखिएका यन्त्रहरुले मापन गरेको जमिनको हल्लाईहरुको हिसाब गरेर कुनै पनि भुकम्प जाँदा कति शक्ति बाहिर निस्कियो भनेर हिसाब गर्ने र भुकम्पको मापन मोमेन्ट म्याग्निच्युड(Mw) स्केलमा दिने गर्छ। यसको लागी कति चट्टानको क्षेत्रफल, यो कति यता उता सर्यो, चट्टान कति बलियो छ भन्ने कुराहरुको हिसाब गर्ने गरिन्छ।
नेपालको राष्ट्रिय भुकम्प मापन केन्द्रले नेपाल भर २३ स्थानमा (वेबसाईटमा जनाए अनुसार) मापन यन्त्रहरु राखेको छ। भुकम्पको धक्का महसुस हुनासाथ यस्ता मापन केन्द्रहरुबाट कति समय र कसरी जमिन हल्लियो भन्ने तथ्यांक काठमाण्डौंको केन्द्रिय कम्प्युटरमा आउछ, यसरी आएका बिभिन्न ठाउँका तथ्यांकहरुको (जमिन कसरी हल्लियो भन्ने मात्र) आधारमा लोकल म्याग्निच्युड (ML) या रिक्टर स्केल को मापन गरिन्छ।
अमेरीकि संस्था या युरोपेली संस्थाहरुले दिने जानकारीमा Mw को प्रयोग गरिएको हुन्छ भने नेपालको राष्ट्रिय भुकम्प मापन केन्द्रले दिने जानकारीमा ML को प्रयोग गरिएको हुन्छ त्यसैले कहिले धेरै कहिले थोरै देखिने गर्छ। दुबैमा कुन चाहीं सहि हो भन्नेमा हामीले दुबै सहि भन्न सक्छौं तर यदि भुकम्प ६ रिक्टर भन्दा ठुलो छ भने Mw ईकाईले राम्रो संग यसको मापन गर्छ भन्ने मान्यता छ।
केहि तथ्य हेरौं कति फरक परेको छ नेपालको र बाहरिको एजेन्सिले दिएको तथ्यांकमा


के हो परकम्प (Aftershock)

कुनैपनि ठुलो भुकम्प गईसकेपछि त्यसभन्दा साना तर त्यही क्षेत्रमा जाने अन्य कम्पनहरुलाई परकम्प (Afterschock) भनिन्छ। ठुलो भुकम्प जादा धेरै शक्ति बाहिर निस्कने र चट्टानमा ठुलो दरार पैदा हुने गर्छ। यसरी पैदा भएको दरार ले यो क्षेत्रकै पुरै चट्टानलाई कमजोर पारिदिन्छ यसले गर्दा चट्टानहरुमा सन्चित शक्ति धान्न नसकि साना साना चिराहरु पर्ने क्रम शुरुहुन्छ यसैकारण अन्य साना साना कम्पनहरु आउछन। यो भुकम्पको एक किसिमको नियम नै हो, ठुलो पछि साना साना आउने। 
उदाहरणको लागी तपाईंले कुनै माटोको हाँडी लाई कुल्चेर फुटाउन खोज्नु भयो भने कसरी फुट्ला? पहिले बिचमा कुनै भागमा पुरै फुट्ला अनि केहि समय दबाईरह्यो भने साना साना टुक्राहरु पनि थप फुट्छन त्यस्तै नै क्रम हो परकम्प जाने पनि।

चल्ने हल्लाहरु

भुकम्पिय बिज्ञान बिकासकै चरणमा छ, भुकम्प जाने प्रक्रिया निकै जटिल हुन्छ। जमिन भन्दा कयौँ किलोमिटर तल रहेको चट्टानमा संचित शक्ति, प्रत्येक स्थानमा त्यसले धान्न सक्ने शक्तिको मात्रा, आदी थाहा नभई भुकम्पबारेमा भबिष्यबाणी गर्न सकिदैन। यसकालागी बिबिध बिधिहरुको प्रयोग हुने र यसको बिकास हुने क्रम जारी छ।
३ दिन अघि मात्र एकाएक ट्विटरमा ट्रेन्ड देखापर्यो #PrayForPhilippines यो फिलिपिन्समा जान सक्ने भनिएको ७.२ रिक्टरस्केलको संभावित भुकम्पको हल्लाका कारण भएको थियो तर आजसम्म पनि त्यस क्षेत्रमा कुनै भुकम्प गएको छैन। फिलिपिन्सको सरकारी कार्यालयले नयाँ प्रबिधिबाट जोखिम युक्तक्षेत्रको फल्टको नक्सांकन गर्दा पहिलेको भन्दा राम्रो रिजोलुसनको नक्सा (कम स्केलको) निकाल्यो जसले त्यो फल्टले ७.२ रिक्टरस्केल सम्मको भुकम्प जानसक्ने देखायो तर यो अहिल्यै आजै जान्छ भनेको थिएन, उसले सजग गराएको थियो, जोखिम क्षेत्रको भुउपयोगमा परिबर्तन गर्नुपर्ने कुरा गरेको थियो, यो एक सतर्कताको लागी आह्वान मात्र थियो।
नेपालमा पनि ठुलो भुकम्प र ठुलो परकम्प गईसकेपछि सर्बसाधारणमा एक किसिमको त्रास रह्यो, टोलटोलमा भबिष्यबाणि गर्नेहरु निस्किए, नासाले भनेको रे, बिबिसिले भनेको रे भनेर पनि हल्लाहरु चलाईए तर ति त्यसरी भनिएका थिएनन। अँधेरोमा झटारो हान्दा पनि कहिलेकाहीँ त लागीहाल्छ नी, त्यस्तै हो भुकम्पको भबिष्यबाणी मिल्नु भनेको।

USGS ले जारी गरेको सतर्कता सम्बन्धमा

ठुला ठुला भुकम्प पश्चात परकम्पको सम्भावना निकै धेरै हुन्छ, यसको सम्भावनाका बारे धेरै नै सोधहरु पनि भएका छन तर यकिन यहि समयमै यत्रै परकम्प जान्छ भनेर पत्ता लगाउने बिधि अहिलेसम्म छैन त्यसैले सबै कुराहरु संभाब्यताको आधारमा प्रस्तुत गरिन्छन। बैशाख १२ गतेको गोरखा भुकम्प पश्चात पुन बैशाख २९ गतेको अर्को तुलनात्मक ठुलो परकम्प गयो जसको संभावना निकै कम थियो। बैशाख २९ को भुकम्प पश्चात USGS ले सतर्कताका लागी केही सम्भावना का कुराहरु देखायो अघिल्लो हप्ता भन्दा यस हप्ताको प्रक्षेपणमा भुकम्पहरु जाने संभावना निकै कम भइसकेको छ। अघील्लो हप्ता भन्दा यसपटक USGS ले गरेको संभाब्यता प्रक्षेपणले जोखिम निकै कम देखाएको छ, यदि यहि बिचमा अन्य ठुला भुकम्प गएको भए जोखिम बढी नै हुनेथियो।  हेरौं अघिल्लो हप्ता र यस हप्तामा कति फरक परेको छ जोखिमको संभावनामा।

यस्तो संभावनाको हिसाब कसरी गरिन्छ?

USGS ले गर्ने परकम्पहरुको संभाब्यता अहिले सम्म गएका भुकम्पहरुको आधारमा गरिने हो। परकम्पहरु समय क्रम संगै घट्दै जान्छ भन्ने कुरा सन १८९४ मा जापानी अनुसन्धानकर्ता फुसाकिचि ओमोरीले पेस गरेका थिए। अर्का जापानी अनुसन्धानकर्ता योशिहिको ओगाताले सन १९८८मा प्रस्ताव गरेको एक अध्ययन(Epidemic Type Aftershock Sequence (ETAS) model) को आधारमा USGS ले यस्तो हिसाब गर्ने गर्छ। यसका लागी यस क्षेत्रमा कति भुकम्पहरु गए, कति समयको अन्तरालमा कति परकम्पहरु गए, यस्तै गणितिय आधारमा त्यस क्षेत्रको संभाब्यताहरु देखाउने गरिन्छ।
यसहप्ता(20 May) जारी गरेको सतर्कता सम्बन्धि हिसाब यस्तो छ।

यस्तो प्रक्षेपणको फाईदा के त? किन गरिन्छ?

नेपाल बुकम्पिय जोखिममा थियो, छ र रहने छ यो कुरा हामीले बुझ्दै आएका थियौं, छौं। सामान्य रुपमा कुनै पनि देशमा भुकम्प प्रतिरोधि घर या अन्य संरचना डिजाईन गर्दा हामीले ध्यान दिने भनेको त्यस क्षेत्रमा जमिन कति हल्लिन सक्छ या भनौं जमिन हल्लिने प्रबेग कति हुनसक्छ भन्ने हिसाब गरिन्छ यसको लागी हामीले त्यस क्षेत्रमा कति कति बर्षमा कति ठुलो भुकम्पिय असर पर्न सक्छ भन्ने हिसाब गरिन्छ। सुरक्षाको हिसाबले कस्तो संरचना कति बलियो बनाउने भन्ने पनि आधारहरु यसरि नै लिने गरिन्छ।
परकम्पहरुको संभाब्यताले के भन्छ भने अझै पनि ठुलो धक्काहरु आउने संभावना शुन्य भएको छैन, साना साना धक्काहरुको संभावना छँदैछ। न्युजिल्यान्डको क्यान्टर्बरी क्षेत्रमा सन २०१० सेप्टेम्बर ४ मा गएको ७.१ को भुकम्पपश्चात  २०११को फेब्रुअरी २२ मा ६.३ को, १३ जुनमा पुन ६.३ को परकम्प गएको थियो।
यस्तो प्रक्षेपणले बिपद ब्यबस्थापन तथा पुन निर्माणको निति बनाउन सहयोग पुग्छ, सुरक्षालाई कसरी प्राथमिकतामा राख्ने भन्ने कुरामा पनि यसले सहयोग गर्छ। अहिले नै हामीले नयाँ कंक्रिटका संरचनाहरु बनाउनु उचित छैन भन्ने आधार पनि हो यो। 
सबै ठाउँमा जाने भुकम्पहरुको प्रकृति उस्तै हुदैनन, त्यसैले कुनै एकलाई आधार मानेर भन्न मिल्ने अबस्था हुदैन। अझै पनि पहिलेको जस्तै तर्सिएर, आत्तिएर बस्नुपर्ने अबस्था होईन, हामी सुरक्षित र सजग सधैं रहिरहनुपर्छ। भत्कन सक्ने घर या अन्य संरचनाबाट टाढै बसौं, पहिले पहिलेका दिन भन्दा अब ठुला भुकम्पको संभावना झिनो हुदै गएको छ। तर हामीले याद गर्नुपर्ने कुरा के हो भने कुनै पनि बेला १, २, ३ बर्ष भित्र सम्म पनि केही ठुलो भुकम्पको झट्का (जसले पुराना केहि क्षति भएका संरचनामा थप क्षति गर्न सक्छन) हामीले बेहोर्नुपर्ने हुनसक्छ। त्यसकालागी डराएर होईन त्यसलाई थेग्ने, सुरक्षित हुने तयारी गरेर बस्नुपर्छ।

Twitter: @rrp447

Monday, May 18, 2015

भूकम्पको भविष्यवाणि तथा सम्भावना

सुधीर रजौरे
srajaure(at)hotmail.com
पृथ्वीमा दिनहुँ सयौँको संख्यामा भकूम्पहरू गइराखकेा हुन्छन जसमध्ये धेरैजसो साना हुन्छन् । तर ती मध्ये सानो संख्यामा रहेका, केही भूकम्प निकै शक्तिशाली हुन्छन् जस्ले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याउँछन् र उक्त देशको आर्थिक अवस्थामै नराम्रो असर पार्न सक्छन् । ठूला भूकम्पको केन्द्रबिन्दू मानवबस्तीको नजिक परेमा तथा भूकम्प रातको समयमा गएमा स्थिति कहालीलाग्दो हुनसक्छ । ठूला भूकम्पले केही सेकेन्डमै हजारौँेको ज्यान लिन्छन, लाखौँलाई घाइते र घरबार बिहीन बनाइदिन्छन जस्को पीडा जीवनभर मानसपटलमा बसिरहन्छ । भूकम्पबाट अचानक ठूलो जन–धनको क्षति हुने गरेकाले भूकम्पको भविष्यवाणिको चारैतिरबाट आवाज उठिरहेको छ । यस्तो जनअपेक्षा भूकम्पको क्षेत्रमा काम गरिरहेका वैज्ञानिकहरूको लागि एक ठूलो चुनौतीका साथै प्रेरणा पनि बनेर उभिएको छ । भूकम्पहरू विश्वभर तर केही निश्चित स्थानहरूमा दैनिक जाने गर्दछन् । यस्ता निश्चित स्थानहरू टेक्टोनिक प्लेटका सिमानाहरूमा पर्दछन् । हिमालय क्षेत्र यस्तै एक सिमानामा पर्दछ् जस्ले भारतीय प्लेट र यूरेशियन प्लेटलाई छुट्याउँछ । नेपालमा पनि वर्तमानमा भूकम्पहरू गइराखेका छन् तर धेरैजसो साना छन् र यन्त्रको माध्यमबाट मात्र यस्ता
भूकम्पहरू थाहा पाइन्छन् । साधारण अवस्थामा, भूकम्पको म्याग्निच्यूड करिब चार वा सो भन्दा माथिको भएमा मात्र हामीले यसको अनुभव गर्न सक्द्छौँ (चित्र १) । लिखित इतिहासमा, विशेष गरेर नेपालको पूर्वी भागमा ठूला भूकम्पहरू गएर ठूलो जन–धनको क्षति भएका प्रमाणहरू भेटिएका छन् । वि. सं. १९९० मा, भोजपुरमा केन्द्रबिन्दु भएको (म्याग्निच्यूड ८.२), महाभूकम्प तथा वि. सं. २०४५ मा उदयपुरमा केन्द्रबिन्दु रहेको (म्याग्नेच्यूड ६.५) भूकम्पहरू नेपालमा गएका ठूला भूकम्पका पछिल्ला उदाहरणहरू हुन् । नेपाल लगायत यसका सीमा क्षेत्रमा निरन्तर रुपमा बढ्दो जनसंख्या, अनियन्त्रित एवं अब्यवस्थित रुपमा बढ्दो शहरीकरण र कमजोर निर्माण कार्यहरूका कारणले वि. सं. १९९० को जत्रो भूकम्प अहिले गएमा निकै ठूलो संख्यामा मानिस हताहत हुने अनुमान सहजै गर्न सकिन्छ । भूकम्पबाट हुने क्षतिमा स्थान विशेषको भौगर्भिक बनावटको पनि भूमिका हुन्छ । कमलो भौगर्भिक बनावट भएका स्थानहरूमा भूकम्पका तरङ्गहरूको एम्प्लिच्यूड बढ्ने भएकाले काठमाण्डौं उपत्यका र तराईजस्ता स्थानहरूमा भूकम्पले बढी क्षति पु¥याउन सक्छ । भौगर्भिक बनावट बाहेक मानिसको बाक्लो बस्ती, भूकम्पको स्रोत क्षेत्रबाट मानवबस्ती बीचको दूरी, भूकम्पको म्याीग्नच्यूड, भूकम्पको कम्पन अवधि, भूकम्प गएको समय (किनभने रातको समयमा भूकम्प गएमा बढि क्षति हुन सक्छ) र मानवनिर्मित कमजोर संरचना (घर) ले पनि भूकम्पको असर व्यापक पार्न सहयोग गर्दछन् । 



भुकम्पको भविष्यवाणि

भूकम्पको भविष्यवाणिका लागि विश्वमा निकै प्रयासहरू भएका छन् र भइरहेका छन् तर अहिलेसम्म भरपर्दो प्रविधि हातलागेको छैन । ठूला ऐतिहासिक भूकम्पको राम्रो अध्ययन भएका क्षेत्रहरूमा भविष्यमा ठूलो भूकम्प जाने सम्भावना भएको स्थानको अनुमान गर्न सम्भव छ तर भूकम्प जाने समयको बारेमा भने केही पनि अनुमान गर्न सकिँदैन । भूकम्पको भविष्यवाणि गरेर जन–धनको क्षति कम गर्न भूकम्पबाट बढी प्रभावित हुने जापान, अमेरिका, चीन तथा तत्कालीन सोभियत संघले यस क्षेत्रमा निकै ठूला प्रयासहरू गरेका छन् र गरिरहेका छन् । ठूला भूकम्प गएका क्षेत्रहरूमा भूकम्प जानु अघि geophysical, geochemical  तथा geodetic गुणहरूमा परिवर्तनहरू आउने गरेका विभिन्न रिपोर्टहरू सङ्कलित छन् । विभिन्न देशमा गरिएका  अध्ययनहरूबाट, भूकम्प जाने क्षेत्रमा करिब ४०० प्रकारका भूकम्पका सम्भाव्य पूर्वसूचकहरू हालसम्म पाइएका छन् । यस्ता सूचकहरूमा जनावरको अस्वाभाविक व्यवहार पनि पर्दछन् । यस्ता केही पूर्वसूचकहरूको छोटो परिचय तल दिइएको छ् ।

जमिनको सतहमा आउने परिवर्तर्नन (Land Deformation)

ठूला भूकम्प जाने केही महिना वा दिन अगाडि भूकम्प जाने क्षेत्रमा असामान्य किसिमका परिवर्तनहरू आउने गरेको पाइएको छ । यस्ता परिवर्तनहरूमा सर्भे प्वाइन्टहरू बीचको दूरी, उँचाइ, सतहमा बनेको कोण तथा झुकाव (Slope) मा आउने परिवर्तन पर्दछन् । 

जमिनमुुनिको जलसतहमा परिवर्तर्नन 

भूकम्प जानुपूर्व पृथ्वीको सतहमा आउने परिवर्तनले पृथ्वीको माथिल्लो भाग खुम्चिन जान्छ जस्को कारणले भूभिगत जलभण्डारको सतह बढेर पहिले भन्दा माथी आउन सक्छ । वर्षात्को समयमा यस्तो प्रक्रिया चिन्न नसकिएपनि खडेरीको समयमा अनायास भूभिगत पानीको सतह बढ्ने तथा पानीको मुहानमा बिनाकारण पानीको मात्रा बढ्ने वा घट्ने हुनसक्छ । स्वाभाविक वार्षिक रुपमा हुने भूविस्थापन भन्दा, भूकम्प जानु केही समय अघि, फरक किसिमले छिटो–छिटो भूविस्थापन हुँदा भूभिगत जलभण्डार थिचिनाले भूभिगत पानीको सतह बढद्छ । 

भूकम्पका तरङ्गको गतिमा आउने परिवर्तन

भूकम्पबाट मुख्य दुई किसिमका तरङ्गहरू उत्पन्न हुन्छन् । कुनैपनि स्थानमा प्राइमरी वेभ पहिला आइपुग्छ र त्यसपछि सेकेन्डरी वेभ आइपुग्छ  प्राइमरी वेभको गति तथा सेकेन्डरी वेभको गतिको अनुपात करिब १.७३ छ भने प्राइमरी वेभको गति, पृथ्वीको (माथिल्लो २३ किलोमिटर मोटो भागमा) करिब ५.६ किलोमिटर प्रति सेकेन्ड छ । ठूला भूकम्पहरू जानुपूर्व उक्त दुई किसिमका तरङ्गको गतिको अनुपात घट्ने गरेको पाइएको छ । भूकम्प जानुभन्दा केही समय अघि भूकम्पको स्रोत क्षेत्रमा जमिनमुनि चिराहरूपर्ने (dilatation) कारणले यस्तो परिवर्तन आउनसक्छ ।

भुबिध्युतिय गुण्मा परिवर्तन

प्रकृतिमा प्रत्येक वस्तुको आफ्नै विद्युतीय गुण हुन्छ । ठूला भूकम्प जानुअघि भूकम्पको स्रोत भएका क्षेत्रमा रहेका चट्टानहरूको विद्युतीय गुणमा पनि परिवर्तन आउने गरेको देखिएको छ । भूकम्प जानुअघि जमिनमुनि अत्यधिक दबावका कारणले चिराहरू तन्कन (dilatation) हुन थाल्द्छन् । यसरी बनेका चिराहरूमा पानी वा अन्य तरल पदार्थको प्रबेश हुँदा भूविद्युतीय अवराधे घट्ने गदर्छ र यो गुण भुकम्प गइसकेपछि पुरानै अवस्थामा फर्कने गरेको पाइएको छ ।

पूर्वकम्प (Foreshock) गतिविधि

ठूला भूकम्पहरू जानुभन्दा पहिले केही साना वा मझौला किसिमका भूकम्पहरू जाने गर्दछन् र यस्ता भूकम्पलाई पूर्वकम्प भन्दछन् । यी पूर्वकम्पहरू मानिसले थाहा पाउने वा उपकरणहरूले मात्र थाहा पाउने हुन सक्दछन् । पूर्वकम्पहरू सानोतिनो क्षति पुराउनेखालका हुनसक्छन् जसले हामीलाई अलि सतर्क पनि बनाउँछन् । सन् १९७५ मा चीनको हाइचेंगमा गएको भूकम्पको (म्याग्निच्यूड ७.३) भविष्यवाणि यस्तै प्रकार का केही शक्तिशाली पूर्वकम्पमा पनि आधारित थियो जस्को लगत्तै प्रशासनले शहर खाली गराउने आदेश दिएको थियो । सन १९७६ मा तानसांगमा गएको भूकम्प (म्याग्निच्यूड ७.८) अघि भने यस्ता पूर्वकम्प गएका थिएनन् र भूकम्पको भविष्यवाणि पनि भएको थिएन । सन १८३३ मा काठमाँडौको उत्तरमा केन्द्रबिन्दु रहेको अनुमान गरिएको करिब ७.७ म्याग्निच्यूडको भूकम्पको केही क्षण अगाडि पनि दुई शक्तिशाली पूर्वकम्प गएको पाइएको छ, जसको कारणले मानिसहरू घरबाहिर बसेका थिए र ठूलो मानवीय क्षति भएको थिएन ।

b-value मा परिवर्तन

साना भूकम्पहरू तथा ठूला भूकम्पबिच रहेको सम्वन्धलाई भूकम्प वैज्ञानिकहरू गुटेनबर्ग र रिक्टरले log10 N = a - bM समीकरण मार्फत स्थापित गरेका हुन् । दिइएको सम्वन्धमा N भनेको भूकम्पको संख्या हो जस्को म्याग्निच्युड M भन्दा बढी हुन्छ । a र b कन्स्टान्ट हुन् जसमा b भने b-value हो । यो b-value सामान्यतः करिब १ हुन्छ । ठूलो भूकम्प जानुपूर्व भूकम्पीय गतिविधि घट्ने भएकाले यस्को मान पनि घट्छ् तर ठूलो भूकम्प गइसकेपछि भने यो पुरानै अवस्थामा फर्कन्छ । सामान्य अवस्थामा सानो b-value (साना भूकम्पको संख्या कम रहेको अवस्था) ले भूकम्पको स्रोतक्षेत्र कडा चट्टानले बनेको छ भन्ने जनाउँछ भने ठूलो b-value (साना भूकम्पको संख्या धेरै रहेको अवस्था) ले भने कमजोर चट्टानहरू रहेको सङ्केत गर्दछ ।

पृथ्विको भित्री भागबाट हुनुनुने ग्यासको निष्काशनमा परिवर्तन

पृथ्वीको सतहमा रहेका भौगर्भिक भ्रंश (Geological faults) को माध्यमबाट पृथ्वीको भित्री भाागबाट निरन्तर विभिन्न खालका ग्यासको निष्काशन भइरहेको पाइएको छ । यस्ता ग्यासमा रेडियोधर्मी रेडोन ग्यास, कार्बन डाइअक्साइड ग्यास तथा हाइड्रोजन सल्फाइड ग्यास आदि पर्दछन् । यस्ता ग्यासको निष्काशन दर ठूला भूकम्पहरू जानुभन्दा अघि निकै बढेर गएको विभिन्न अध्ययनहरूमा पाइएको छ । नेपालमा पनि हालै आएर यस्तो अध्ययन कार्य सुरु भएको छ । खानी तथा भूगर्भ विभाग र फ्रान्सको Institut de Physique du Globe de Paris (IPGS) को संयुक्त सहभागितामा रसुवा जिल्लाको स्याफ्रुबेसी क्षेत्रमा यस्तो अध्ययन गर्न थालिएको छ । भूकम्प जानुपूर्व पृथ्वीको गर्भमा चिराहरू बन्ने कारणले निष्काशन दरमा परिवर्तन आउने वैज्ञानिक विश्लेषण छ । 

जनावरको अस्वाभाविक व्यवहार 

माथि उल्लेख गरिएका भूकम्पका पूर्वसूचकहरू बाहेक सर्प, मुसा, कुकुर, चरा तथा घोडाहरू जस्ता जनावरहरूले पनि विभिन्न ठूला भूकम्पहरू जानुभन्दा केही दिन अगाडि, सामान्य अवस्थामा पनि, अस्वाभाविक व्यवहार प्रदर्शन गरेको सुनिएको छ । जनावरहरूले धेरै कुरामा आफ्नो प्रतिक्रिया देखाउने गर्दछन् जस्मा भोक, यौनइच्छा, आफ्नो प्रभावक्षेत्रको सुरक्षा र शत्रुहरूको उपस्थिति आदि पर्दछन् । यस्ता अवस्थामा देखाउने व्यवहार र ठूला भूकम्पहरू जानु अगाडि, बिना कुनै स्पष्ट कारण, देखाउने ब्यवहारमा फरक हुन्छ जो हामीले चिन्न सक्छौँ । तर विश्वमा गएका सबै ठूला भूकम्पमा यस्तो ब्यवहार भने देखिएको छैन । चीनमा गरिएको एक अनुसन्धानमा यस्ता प्रतिक्रियाहरू ठूलो भूकम्प जानु केही घण्टा देखि दुई–तीन दिन अगाडि देखिएको पाइएको छ । हालसम्म जनावरहरूमा बिना स्पष्ट कारण देखिएका यस्ता अनौठा तथा अस्वाभाविक ब्यवहारहरूको सङ्क्षेपमा तल उल्लेख गरिएको छ । सन् १९७५ मा चीनको हाइचेंगमा गएको भूकम्पमा निम्न सङ्केत देखिए ।
१. बाख्राहरू आप्mनो खोरमा जान नमान्नु । 
२. बिरालाहरू, कुकुरहरू आफ्ना बच्चाहरू लिएर घरबाहिर जानु । 
३. सुंगुरहरू अनौठो गरी कराउनु । 
४. कुखुराहरू खोरबाट रातको समयमा पनि भाग्नु ।
५. चराहरूले रातको समयमा पनि खोर छाड्नु । 
६. चिडियाखानाका जनावरहरू राति आफ्नो खोरमा जान नमान्नु । 
७. चीसोको समयमापनि सर्प तथा मुसाहरू दुलोबाहिर जमिनमा आउनु । 
८. गाई, भैंसीहरू अग्लो स्थानमा जान खोज्नु । 
९. घरपालुवा जनावरहरू छट्पटिनु र अशान्त हुनु । 
१०. जंगली जनावरहरू आफ्ना स्वाभाविक वासस्थानहरू छाड्नु, आदि ।
सन १९७५, फरबरी को एक तारिखमा चीनको हाइचेंग शहरमा म्याग्नेच्युड ७.३ को भूकम्प गएको थियो तर भाग्यवश यसको भविष्यवाणि गरी शहर खाली गर्न प्रशासनले आदेश दिएको थियो । शहर खाली गरिएको कारणले गर्दा ठूलो म्याग्निच्यूड भएपनि निकै कम मानिसको मृत्यु भएको थियो । भूकम्मको कारणले शहरका अत्यधिक घरहरू नष्ट भएका थिए । भूकम्प जाने करिब एक महिना अघि ठूलो मात्रामा जनावरहरूका अनौठा ब्यवहारहरूका समाचारहरू आएका थिए । भूकम्प जानु केही दिनपूर्व जाडोको मौसम र जमिनमा हिउँ जमेको समय भएतापनि जमिनमुनि बस्ने सर्पहरू hibernation छाडेर र मुसाहरू दुलो छोडेर जमिनमा आए, जो कठोर जाडोका कारणले मारिएका थिए । यसैबीच केही कडा पूर्वकम्पहरू पनि आएको हुँदा शहर खाली गर्ने आदेश (भविष्यवाणि) जारी भएको थियो ।
यसैगरी १९७६ मा चीनको तानसांग क्षेत्रमा एक शक्तिशाली भूकम्प (म्याग्निच्यूड ७.८) गएको थियो जस्को कारणले करिब दुई लाख पचास हजार मानिसले ज्यान गुमाएका थिए । यस भूकम्पको भविष्यवाणि गर्न सकिएको थिएन । भूकम्प जानुपूर्व उक्त क्षेत्रको नजिकै एक कृषकले आफ्ना खच्चर र घोडाहरूले आहारा खान नमानेको देखेका थिए । ती जनावरहरू लात्तीले हान्दै तथा उफ्रँदै आफुलाई बाँधेको डोरी फुस्काएर भागेका थिए।
सन २००४ मा इन्डोनेशियामा गएको भूकम्प तथा उक्त भूकम्पले उत्पन्न गरेको सुनामीले ठूलो जनधनको क्षति भएको थियो । भारतको दक्षिण तथा श्रीलंकाबाट प्राप्त रिपोर्ट अनुसार सुनामी तटीय क्षेत्रमा आइपुग्नु अगाडि उक्त क्षेत्रका जनावरहरू त्यहाँबाट भागेर सुरक्षित क्षेत्रतर्फ गइसकेका थिए । 
नेपालमा बि. सं. १९९० को भूकम्प पछि एक लोककवि (श्री लोकनाथ पोखरेल, लोकमञ्जरी प्रकाशनमा) ले रचेको कवितामा सर्प लगायत अन्य जनावरहरूको मृत्यु भएको उल्लेख गरेका छन् । उक्त भूकम्प माघ २ गते जाडो महिनामा गएको कारणले जनावरहरू जमिन बाहिर आउँदा मृत्यु भएको हुनसक्छ र तिनिहरूले भूकम्पको पूर्वसङ्केत गरेका हुनसक्छन् । 
ठूला भूकम्प जानु पूर्व जनावरहरूमा देखिने अस्वाभाविक प्रतिक्रिया वास्तवमा अस्वाभाविक नहुन पनि सक्छन् र आउने भूकम्पको सङ्केत गरि राखेका हुन सक्छन् । ठूला भूकम्प जानु अघि जनावरहरूले किन अस्वाभाविक व्यवहार प्रदर्शन गर्दछन यस विषयमा पनि विश्वमा थुप्रै अनुसन्धानकार्यहरू भएका छन् र भइरहेका छन् । ठूलो भूकम्प आउँदा पहिले प्राइमरी वेभ आइपुग्छ र दूरी अनुसार केही समयपछि सेकेन्डरी वेभ आँउदछ जो हामिले पनि अनभु व गर्न  सक्दछौं । यस्तो अवस्थामा प्राइमरी वेभको कम्पनले नै जनावरहरू भाग्नसक्ने भएकाले बढी क्षति गराउन सक्ने सेकेन्डरी, लभ र रेलिग वेभको कम्पनबाट बचेका हुनसक्छन् । भुकम्प जानपुर्ब भुकम्प उत्पन्न गर्ने क्षत्रेमा हनुे भाैतिक तथा रासायनिक परिवर्तनका कारणले भूविद्युतीय तथा भूचुम्बकीय अवस्थामा परिवर्तन आउँछन् । यस्ता परिवर्तनप्रति जीवकोषहरू निकै सम्वेदनशील हुने गरेको पाइएको छ जसको कारणले उनीहरूले कम्पन सुरु हुनु केही समय अघि नै सम्भावित खतराको सचूना पाउने हनु सक्छ । ठुला भुकम्पहरू केही शय वर्षको अन्तरालमा मात्र जाने भएको हुँदा, उक्त समय भन्दा सानो जीवन भएका जनावरहरूले खतरा भनेर चिन्ने कुरा भने अनौठो छ । यसको उत्तर जान्न भन्दा पहिले हामीले जीव विकास क्रम बुझ्न भने जरुरी छ । जीव विकासक्रममा वातावरण अनुसार परिवर्तन आत्मसात गर्नसक्ने मात्र बाँच्न सक्छन र भूकम्पको वा यस्तै अन्य खतरा चिन्ने शक्ति जनावरहरूमा प्राकृतिक रुपमै आफ्ना बाबुआमाबाट वंशानुगत तथा प्राकृतिक रुपमा प्राप्त भएको हुनसक्छ ।

नेपालको पश्चिमी भागमा महाभुकम्प जाने सम्भावना किन ?

नेपाल हिमालय क्षेत्रमा उत्पन्न हुने भूकम्पहरूको प्रमुख कारण भारतीय टेक्टोनिक प्लेट निरन्तर रुपमा उत्तरतर्फ विस्थापन हुने क्रममा, हिमालयमा सञ्चित हुने दवाव र त्यसको विसर्जन हो । चित्र २ मा जिपिएस भेलोसिटीले ( तीरहरू) देखाए जस्तै करिब ३.५ सेन्टिमिटरका दरले प्रत्येक वर्ष इन्डियन प्लेट उत्तरतर्फ सरिरहेको छ र यसक्रममा हिमालय क्षेत्रमा दबाव बढदै जान्छ । सयौँ वर्षदेखि संचित भएर रहेको दबाव ठूला भूकम्पको माध्यमबाट क्षणभरमा विसर्जन हुने गर्दछ् । गोरखादेखि पश्चिमको क्षेत्रमा हालसम्म गरिएका अध्ययनहरूबाट सन् १५०५ (चित्र २ हेरौं) यता महाभकू म्पहरू गएको पाइएको छनै । महाभुकम्प केही शय वर्षदेखि नगएको अवस्था नै नेपालको पश्चिम क्षेत्रमा महाभूकम्प जाने अनुमानको आधार हो । उक्त क्षेत्रमा अहिले आठ म्याग्निच्यूड भन्दा ठूलो भूकम्पको लागि पर्याप्त ऊर्जा जम्मा भइसकेको अनुमान छ । निश्कर्ष भूकम्प नेपाल लगायत हिमालय तथा टेक्टोनिक प्लेटका सिमानाहरूका लागि एक नियमित प्रक्रिया हो । साना भूकम्पहरू दैनिक आइरहेका हुन्छन् भने ठूला भूकम्पहरू केही दशक तथा केही शताब्दि पछि आउने गर्दछन् । भूकम्पहरू दोहोरिएर आउने प्रक्रियालाई भूकम्प चक्र भन्दछन् । ठूला भूकम्पहरूको राम्रो अध्ययन भएका क्षेत्रहरूमा अब पालो कुन क्षेत्रको भन्ने अनुमान गर्न सकिनुका साथै सोही क्षेत्रमा पहिले महाभूकम्प गएको वर्ष तथा उक्त भूकम्पको म्याग्निच्यूडको आधारमा उक्त क्षेत्रमा कति वर्षको अन्तरालमा कत्रो भूकम्प आउनसक्छ भनि अनुमान गर्न सकिन्छ ।
ठूलो भूकम्प कुनै क्षेत्रमा गइसकेपछि उक्त क्षेत्रमा भूकम्पको विषयमा निकै सतर्कता जनस्तरमा तथा सरकारी स्तरमा बढ्ने गरेको पाइएको छ, जो स्वाभाविक पनि हो । महाभूकम्प गइसकेका क्षेत्रहरूमा छिटै (शय वर्ष भित्रै त्यस्तै भूकम्प आउने सम्भावना कम हुन्छ भने उक्त क्षेत्रको आसपासमा भने यसको सम्भावना बढेर जान्छ । नेपालमा सन् ११०० देखि यता ठूला भूकम्प गएका प्रमाणहरू पाइएका छन् जसमध्ये केहीले जनधनको क्षति पुर्याएको इतिहासमा उल्लेख गरिएको छ । यसबाट के प्रष्ट हुन्छ भने इतिहासमा महाभूकम्प गएर जन–धनको क्षति पुर्याए जस्तै भविष्यमा पनि यस्ता महाप्रलयकारी भूकम्प जान सक्छन् किनभने हिजोका भूकम्प उत्पन्न गर्ने कारण आज पनि विद्यमान छन् । सन् १९०५ मा भारतको कांगरामा तथा सन् १९३४ (वि. सं. १९९०) मा नेपालको पूर्विभागमा यस्ता ठूला प्रकृतिका भूकम्पहरू गइसकेको र उक्त क्षेत्रको बिचमा पर्ने भागमा सन् १५०५ यता यस्ता भूकम्प गएको नपाइएको हुँदा अब महाभूकम्प जाने सम्भावित क्षेत्र भनेको नेपालको गोरखादेखि पश्चिम तथा भारतको कांगरादेखि पूर्वको क्षेत्र हो किनभने उक्त दुई शक्तिशाली भूकम्प गएका क्षेत्रमा अब पुनः भूकम्प दोहोरिन केही शय वर्ष लाग्नेछ र निकट भविष्यमै (शय वर्ष भित्रै त्यस्तै भूकम्प आउने सम्भावना कम भएको छ तर म्याग्निच्यूड आठ भन्दा साना भूकम्पको सम्भावना भने उक्त दुई क्षेत्रमा (नेपालको पूर्वी क्षेत्र र भारतको कांगरा क्षेत्र) नकार्न सकिँदैन (चित्र २) । यदि महाभूकम्पहरू नेपालको पश्चिमी क्षेत्रको इतिहासमा लेखिन नछुटेका भए, उक्त क्षेत्रमा Indian Plate भूकम्पहरू उत्पन्न नगरिकन Tibetan Plate मुनि घुसिरहेको (aseismic creep) नभए र सञ्चित ऊर्जा सुस्त भूकम्पहरू (slow earthquake) को माध्यमबाट विसर्जन नभएको भए महाभूकम्प नगएको करिब पाँच शय वर्ष भइसकेको छ । यसरी लामो समयदेखि महाभूकम्प नजानुको अर्थ उक्त क्षेत्रमा महाभूकम्प जाने सम्भावना अन्य क्षेत्रभन्दा अत्यधिक बढी छ, तर भूकम्प जाने समयको अनमुान गर्न  भने सम्भव छनै । भविष्यमा, छिटै यस्तो प्रश्नको भरपर्दाे जवाफ आउन सक्ने सम्भावना पनि अहिलेसम्म देखिएको छैन ।
बेलाबेलामा गैर वैज्ञानिक क्षेत्रबाट गरिने भूकम्पको भविष्यवाणिमा कुनै वैज्ञानिक आधार हुँदैन र त्यस्तो भविष्यवाणिको पछि लागेर समय र स्रोतको पनि वर्वाद नगरौँ । हामीले महसूस गर्न सक्ने भूकम्पका झट्का छोटो समयमा बारम्बार आएमा अलि सतर्क भएर बसौँ किनकि यी ठूलो भूकम्पका पूर्वसूचक पनि हुन सक्दछन् । आजैदेखि भूकम्प गइहालेको खण्डमा बच्न अपनाउनुपर्ने सुरक्षाका उपायहरूको बारेमा राम्रो जानकारी राखौँ र तयारी पनि गरौँ । 
भूकम्प विज्ञान एक नयाँ विज्ञान हो, जो अहिले पनि विकासको क्रममा छ । भूकम्पको भविष्यवाणिको लागि हालसम्म भएका कार्यहरू अपूरा छन किनभने ठूला भूकम्पहरू बिरलै जान्छन् र एक व्यक्तिको सक्रीय जीवनकालमा एउटै ठाउँमा दोहरिएर ठूलो भूकम्प आउने सम्भावना निकै कम हुन्छ, जसले गर्दा अनुसन्धानकर्ताहरूले यसलाई आफ्नो जीवनमा पूर्णता दिन सक्दैनन् । अहिलेसम्म भूकम्प बिना सूचना आउँछ भन्ने सोचाइ विद्यमान छ तर भूकम्प आउनुपूर्व यस्ले दिने सूचनाहरू हामीहरूले नचिनेको पनि हुन सक्छ किनभने यो विज्ञानको नवीन अनुसन्धान क्षेत्र हो जो अझै पूर्ण छैन । हालसम्म तत्काल जाने भूकम्पको भविष्यवाणिको लागि अपनाइएका प्रविधिहरू परिक्षणकै क्रममा छन् । भूकम्पको भविष्यवाणिको लागि भइरहेका प्रयासहरूलाई विश्राम दिनु हुँदैन, बरु थप प्रयास आवश्यक छ । भूकम्प जानुअघि विभिन्न किसिमका सङ्केतहरू पनि देखिएको पाइएको छ, तर एक ठाउँमा देखिएका सङ्केतहरू अर्को ठाउँमा नदेखिने गरेका छन् भने देखिएका ठाउँहरूमा पनि भूकम्प आएका छैनन् । विभिन्न देशमा देखिएका भूकम्पका पूर्वसूचकहरूको अन्य क्षेत्रका साथै त्यही क्षेत्रमा समेत अन्य ठूला भूकम्पहरूको सन्दर्भमा सम्वन्ध पुष्टि हुन सकेको छैन, किनभने ठूला भूकम्प ती क्षेत्रमा दोहोरिएर गएका छैनन् । भूकम्पको भविष्यवाणिको लागि विश्वले काम गर्न थालेको अहिले झण्डै चालिस वर्ष भएको छ, तैपनि अत्याधुनिक प्रविधिको विकास भएको भर्खर मात्रै हो । चालिस वर्षको समय, भूकम्प दोहोरिएर कुनै एक क्षेत्रमा आउने समय भन्दा निकै कम भएको हुँदा पनि (ठूला) भूकम्पको भविष्यवाणिमा सफलता पाउन नसकिएको हो किन भने उक्त क्षेत्रमा कम्तिमा पनि एक पटक दोहोरिएर आएका (दुई भूकम्पहरूको अध्ययन कार्य पूरा भएको छैन जसले गर्दा भूकम्पको चक्र (earthquake cycle) को ज्ञान हामीसँग छैन । भूकम्प चक्रको राम्रो ज्ञान भएका अवस्थामा तथ्याङ्क कै आधारमा भएपनि भूकम्प दोहोरिएर आउने समय अनुमान गर्न केही सहयोग पुग्थ्यो । 
माथि उल्लेख गरिएका विभिन्न कारणहरूले गर्दा भूकम्प जाने समयको भरपर्दो भविष्यवाणिको अहिले तथा तत्काल भविष्यमा सम्भावना छैन । भूकम्प जाने समयको भविष्यवाणि गर्न नसकिएता पनि भूकम्पका उदाहरणहरूको प्रयोग गरेर, स्थानविशेषको भौगर्भिक बनावटका आधारमा उक्त स्थानमा भूकम्पको तीब्र कम्पनको भविष्यवाणि गर्न थालिएको छ र सतर्कता अपनाउन थालिएको छ । नेपालको सन्दर्भमा भन्नुपर्दा काठमाण्डौं लगायत तराई जस्ता कमजोर भौगर्भिक बनावट भएका स्थानहरूमा भूकम्पको असरबाट जन–धनको क्षति कम गर्न ती क्षेत्रहरूको भूकम्पीय शुक्ष्म विभाजन (seismic microzoning) गरी प्राप्त परिणाम अनुसार दीर्घकालीन नीति तर्जुमा गर्न अति आवश्यक छ ।
सन्दर्भ  सामाग्रीहरु
Earthquake Forecasting and Warning, Tsuneji Rikitake, center of Academic Publications, Tokyo, Japan
Joseph L. Kirschvink, April 2000, Earthquake Prediction by Animals: Evolution and Sensory Perception. Bulletin of Seismological Society of America
Roger Bilham, Vinod K. Gaur and Peter Molnar, Himalayan Seismic Hazard, Science, v. 293
Bilham, R. and Hough, S. 2006, Future Earthquakes on the Indian Subcontinent: Inevitable Hazard, Preventable Risk. South Asian Journal, v. 12
Roger Bilham, Niccholas Ambraseys, 2004, Apparent Himalayan Slip Deficit from the Summation of Seismic Moments for Himalayan Earthquakes, 1500-2000, Current Science
पर्यावरण मासिक, अंक ८, माघ, २०६३, पूर्णांक ७१, इको नेपाल, काठमाण्डौ
(यो लेख Bulletin of Nepal Geological Society, Vol. 26, April 2009 बाट लिईएको हो, समय सान्दर्भिक लागेकोले यस ब्लगमा राखिएको हो)

Wednesday, May 13, 2015

भावी भुकम्पका संभावनाबारे USGS रिपोर्टः ९९.७% अब तत्कालै ठुलो भुकम्प जादैन

अहिले नेपालमा केही मानिसहरु बिभिन्न संस्थाहरुले दिएका सुचना भन्दै अनेक अफबाहहरु फैलाईरहेका छन, यस्तो कार्यमा प्रश्रय दिने या शेयर गरेर झनै आतंक फैलाउने कार्य पनि भइरहेको छ। हिजोको भुकम्प पश्चात यस्तालाई झनै बल पुगेको पनि देखिन्छ। आज पनि केही अनलाईन हरुमा USGS को हवाला दिंदै फेरी ठुलो भुकम्प आउनसक्ने भनेर शिर्षक राख्दै समाचार बनाएको देखियो।



भुकम्प कहिले कत्रो र कहाँ आउछ भनेर कसैले पनि किटान गर्न सक्दैन, ठुलो जाने संभाब्यता कति छ भन्ने सम्म अनुमानहरु पुराना तथ्यांकका आधारमा गरिने हुन। USGS ले अहिले नेपालको भुकम्पको पराकम्पनहरुका बारे फेरी पनि संभाब्यता सहितको रिपोर्ट राखेको छ। जसमा लेखिएको छः

१ हप्ता भित्र 
  • ५-६ रेक्टरको जाने संभावना ८०%
  • ६-७ रेक्टरको जाने संभावना १५%
  • पहिलेको भन्दा ठुलो जाने संभावना ०.३%

भुकम्पको पुर्बानुमानमा अहिले धेरै बैज्ञानीकहरुका फरक फरक कुराहरु आईरहेका छन यस्तो कुराहरु आउनु बैज्ञानिक समुदायका लागी ठुलो कुरा होईन, उनिहरुले आफ्ना अबधारणा, मान्यताहरु राख्ने हुन तर कुनै पनि बिधि सर्बमान्य रुपमा स्थापित नहुदासम्म फरक फरक बैज्ञानिकका फरक फरक कुराहरु आउनु सामान्य हो। भुकम्पको बिषयमा हुने सबै पुर्बानुमानहरु त्यसै प्रकृयाका नतिजा हुन। बैज्ञानिक ठोस आधार सहित कुनै पनि अबधारणाको पुष्टी नहुदा सम्म सबै अनुमानहरु उस्तै हुन।
हामीले बुझ्नुपर्ने कुरा के हो भने नेपालमा ठुला भुकम्पजाने संभावना सधै नै रहेको थियो र छ नै यस पटक ठुला भुकम्प गइसकेको हुनाले चट्टानहरु अझै पनि सामान्य अबस्थामा नफर्किएकाले मात्र केहि बढि संभावना रहेको हो। हामीहरु सजग र सुरक्षित रहिरहनुपर्छ तर मानसिकरुपमा सकेसम्म आफुलाई बलियो राख्नै पर्छ। पराकम्पनहरुको क्रम केही महिना, बर्ष नै पनि चल्छन तर यसको आउने क्रम पातलो हुन्छ।
बैशाख १२ गतेको मुख्य भुकम्प पश्चात क्षति भएका संरचनाहरुको अध्ययनपछि रातो, पहेंलो र हरियो स्टिकर टाँस्नेकाम बिभिन्न ईन्जिनियरिङ संस्थाहरुको अगुवाईमा भएको थियो। सायद हिजोको भुकम्पबाट पुरै ढल्ने संरचनाहरु रातो बर्गका परेका हुनुपर्छ र कुनै पहेंलो बर्गका पनि परे होला तर हरियो बर्ग भनेर टाँसिएका संरचनाहरु पुर्ण रुपमा नढलेको हुनुपर्छ। आज सम्मका कुनै पनि भुकम्पले क्षति नगरेका घरहरुमा बस्न त्यति धेरै डराउनुपर्दैन तर पनि सजग रहनुपर्छ। पहेंलो बर्गका संरचना भित्र अहिले नबसौं, रातो बर्गबाट चाहीं टाढौं रहौं।

अहिले हाम्रो समाजमा कुनै पनि कुरालाई सनसनि बनाउने हिसाबले नकारात्मक पाटोलाई बढी उजागर गर्न खोजिदैछ तर हामीले सकारात्मक पाटोलाई समात्नुपर्छ। भुकम्प आउने संभावना टरेको होईन त्यसैले सजग र सुरक्षित रहिरहौं तर नकारात्मक प्रभाव पर्ने हौवाहरु नफैलाऊँ।

महाभुकम्प र त्रासदीः यसबाट नआत्तिऔं हामी झनै बलियो भएका छौं (We Will Rise Again)

नेपालमा बैशाख १२ गते गएको महाभुकम्पका कारण धेरै धनजनको क्षति भयो, यो कुनै अबिश्वसनिय बिपत्ति
थिएन किनकी हाम्रो देश भुकम्पिय जोखिम धेरै भएको मध्ये कै एक देश हो। हामी यसका लागी हामीले कति पुर्ब तयारी गरेका थियौं भन्ने कुरा मुख्य हो। भुकम्प कहिले कहाँ र कत्रो आऊँछ यो भन्न सकिने अबस्था अहिले सम्म छैन। बैज्ञानिकहरुले भुकम्प सम्बन्धि गर्ने भविष्यबाणिहरु उपलब्ध केही डाटाहरु र ऊनिहरुको आफ्ना केही सोच(बिधि)हरुमा (यस ठाउमा यति शक्ति सन्चित भएको हुनुपर्छ, यसका पराकम्पनहरु यस ठाउँमा यसरी गएका छन त्यसैले अब यस्तो हुनसक्छ) आधारित हुन्छन। भुकम्प जाने प्रक्रिया निकै जटिल हुन्छ, पृथ्बिको बाहिरि सतहमा रहेका चट्टानहरुमा संचित शक्ति र यसको सामार्थ्यमा कत्रो र कहाँ भुकम्प जान्छ भन्ने अनुमान गर्न सकिन्छ तर यहि शक्ति र यसको सामार्थ्य यकिन रुपमा पत्ता लगाउने यकिन बिधिहरु अहिलेसम्म छैनन्। यस्ता बिपदबाट बच्न या भनौं कम क्षति बेहोर्न हामी पहिले देखिनै सबै रुपमा तयारी भएर बस्नु नै महत्वपुर्ण कुरा हो।

कस्तो थियो हाम्रो तयारी?


पछिल्लो समय बि सं १९९० सालको भुकम्प पश्चात प्रत्येक बर्ष नेपालमा माघ २ गतेको दिन भुकम्पिय सुरक्षा दिबस मनाउदै आइएको थियो, मन्त्रिहरु समेतको उपस्थितिमा कार्यक्रमहरु हुने गर्थे जसमा मुख्य संयोजनकारी भुमिका NSET ले गरेको हुन्थ्यो। यस्तै बिभिन्न नगरपालीकाहरुमा भवन संहिता लागु गरिएको थियो, बिभिन्न रेडियो टेलिभिजनहरुमार्फत बिबिध सन्देशहरु बाडिएको थियो।
२०१३ को सेप्टेम्बर महिनामा मैले सामाजिक संजाल मार्फत सामान्यखालको भुकम्प सम्बन्धि ज्ञानका बारे सर्भे गरेको थिएँ जसमा नेपालबाट सहभागी ३०५ जनाको उत्तरहरु केलाउँदा यस्तो देखिएको थियो (तलको चित्र हेर्नुहोस)। सामाजिक संजालमा आबद्द हुने र यो सर्भेमा भागलिने नेपालीको चेतनास्तरको बिचार गर्ने हो भने, ५% ले थाहा नै छैन भन्नु र ४२% ले थोरै मात्र थाहा छ भन्नुले यस संबन्धि ज्ञान सर्ब साधारणमा कति रहेछ भन्ने केही अन्दाज लगाउन सकिन्छ। (थप नतिजाहरु हेर्न यहाँ क्लिक गर्नुहोस) यि त कुरा भए ब्यक्तिगत सुरक्षाका कुरा तर यस्ता ज्ञान कति लाभदायक रहेत? यो अर्को खोजको बिषय हो। हामीले ज्ञान बाँड्यौं भुईचालो आएपछि टेबुलमुनि या खाटमुनी या टाउको छोपेर घोप्टिएर सुरक्षित रहौं अनि कम्पन सकिएपछि सुरक्षित स्थानमा जाऔं तर के यसो गर्नु सबै परिस्थितिको लागी राम्रो हो र? यस्तो अपनाउने भनेको जुन ठाउँको मुख्य संरचना बलियो छ तर सहायक संरचनाहरु मात्रै कमजोर छन भने हो अन्यथा सम्पुर्ण संरचना पुरै ढल्ने अबस्थामा छ भने यदि केहि सेकेन्डमै सुरक्षित स्थानमा पुगिने अबस्ता छ भने साबधानिपुर्बक सुरक्षित स्तान तिर जानुनै बेस हुन्छ किन कि कुनै पनि संरचना ढल्न केही सेकेन्ड लाग्छ नै। तर यदी जान सकिने अबस्था छैन, बाहिर सुरक्षित स्थान छैन भने चाही कुनै टाँड पर्ने ठाउँको ओतलागी बस्दा राम्रो हुन्छ।

भुकम्पिय सुरक्षाको तयारी केहि बर्ष मात्र होईन केही दशक देखिनै ब्याबस्थित तबरमा हुनुपर्थ्यो। यसका लागी सरकारी प्रयास र सोहि अनुरुपको संरचना तथा कार्यान्वयन हुनुपर्थ्यो। हाम्रो देशका बिबिध क्षेत्रहरुको भौगर्भिक अध्ययन गरेर कहाँ बस्ति बसाउन हुन्छ कहाँ हुदैन भन्ने निर्क्यौल गरि कार्यन्वयन गर्नुपर्थ्यो। भवनसंहिताको कार्यान्वयनको कुरा त मात्रै नक्सा पासका लागी चाहिने नक्सामा मात्र सिमित रहेको अबस्थामा अन्य कुनै पनि तयारी हामिले गरेका थिएनौं भन्दा अत्युक्ति नहोला। 

यस भुकम्पबाट हामी किन बलियो भएका छौं त?

हाम्रा पुर्खाले धेरै ठुला भुकम्पहरु भोगेका थिए, (हुन त बि सं २०४५मा पुर्बमा गएको भुकम्प पनि सानो थिएन) त्यस अबस्थाको हाम्रो समाज, बिज्ञानमा हाम्रो तथा बिश्वकै पहुँच र लगानी तुलनात्मक रुपमा कम थियो त्यसैले हामीबिचमा यस्तो भुकम्प यति सालमा गयो करिब यति मानिस मरे भन्ने मात्र तथ्यांक रह्यो, यसका बिबिध बैज्ञानिक खोज तथा अनुसन्धानका लागी उपयोगी कुनै पनि तथ्यांक हामीसंग थिएन। बिज्ञानको बिकास समयक्रम संगै भइरहेको छ, तर भुकम्पको हकमा खोज र अनुसन्धानहरु जति बिश्वब्यापी सबै तिर लागु हुने खालका हुन्छन त्यो भन्दा धेरै आबश्यकता हामीलाई आफ्नै ठाऊँको खोज, अनुसन्धान, यसको प्रकृति, भविष्यमा आउन सक्ने कम्पनहरुको प्रकृति आदिको छ। 
अहिलेको भुकम्पमा पनि हामीले देख्न सक्छौं के सबै ठाऊँमा घरहरु उहि प्रकृतिमा भत्केका छन र? उस्तै प्रकृतिका घरहरु पनि किन कहिं भत्किएका छन कतै छैनन त? घर या संरचना भत्कने या नभत्कने भन्ने पहिले कुरो यो कति बलियो छ भन्नेमै भर पर्यो तर यस संगै अर्को महत्वपुर्ण भनेको यो कस्तो ठाउँमा बनेको छ, त्यस ठाउँले भुकम्पिय कम्पन संग कस्तो ब्यबहार गर्छ? धेरै हल्लिन्छ या थोरै, छिटो या ढिलो भन्ने कुराहरु पनि मुख्य हुन्छन। यदि हामीले बेलैमा भुउपयोग निति लिएर यसको कार्यान्वयन गरेको भए आज निकै कम मात्र क्षति हुने थियो।
यसपटकको महा भुकम्प र यसका पराकम्पनहरुले बिश्वभरिका बैज्ञानिकहरुको ध्यान खिचेको छ। अध्ययन अनुसन्धानका लागी आबश्यक तथ्यांकहरु संकलन भएका छन, बिशेसगरि बिभिन्न ठाउँको भुकम्पिय कम्पनको डाटा जुन निकै महत्वपुर्ण हुन्छ। अब नेपालकै बारेमा नेपाली तथा बिदेशी धेरै अनुसन्धानकर्ताहरुले काम गर्नेछन, हामीले हाम्रै देशको बिबिध बैज्ञानिक तथ्यांकहरुका आधारमा भवनहरुको डिजाईन गर्ने, जमिनहरुको बर्गिकरण गर्ने र सोहि अनुरुप निर्माण गर्ने काम अब सहज हुनेछ। यस अघि आबश्यक डाटाहरुको अभावमा हामीले अन्य देशका संहिताको आधारमा रहेर बवन संहिता बनाएका थियौं तर अब हामी आफ्नै भौगोलिक आधारमा यसो गर्न सक्छौं। 
अबको समय पुन निर्माणको हो तर यो ब्यबस्थित हुनुपर्छ, यो नबनिर्माण हुनुपर्छ। हामीले पहाड देखी तराई सम्मका बिबिध क्षेत्रहरुको प्रारम्भिक अध्ययन गरी केही महिना भित्रैमा धेरै जोखिम हुने क्षेत्रका बस्तिहरु सामाजिक, सांस्कृतिक पाटोलाई समेत ख्याल गर्दै स्थानान्तरण गर्नुपर्छ। निर्माण र डिजाईनमा नयाँ आचारसंहितहरु बनाएर कडाईका साथ लागु गर्नु पर्छ। हाम्रै स्थानिय सामाग्रिहरुकै प्रयोग गरेर कसरी बलिया घर या अन्य संरचना बनाउने भन्ने बारेमा अब अनुसन्धानहरु हुनुपर्छ।
हामीले हेर्न सक्छौं ठुला ठुला भुकम्पहरु गईरहने देशहरुमा अहिले सुनामी बाहेक भुकम्पकै कारण ज्यान जाने क्रम निकै कम छ जहाँ बैज्ञानिक अनुसन्धानहरुलाई बढावा दिएर आबश्यक संहिता लागु गरिएको छ। भुकम्प आउने क्रम रोक्न सकिदैन तर क्षति निकै कम गर्न सकिन्छ। अझै केही समय पराकम्पनहरु रहिरहन सक्छन तर पनि मुख्यकुरा हामी अब मानसिक रुपमा कमजोर हुदै जानु हुदैन, यस शोकलाई शक्तिमा बदल्नुपर्छ। अबको पुस्ता भुकम्प संग नडराउने बाताबरण बनाउने जिम्मा हामी सबैको हो। त्यसैले अब हाम्रो आगामी पुस्ताले यस्तो त्रासदी र बिपत बेहोर्नुपर्ने छैन भनेर प्रण गरौं सबै पक्षले। 
त्यसैले सबैले भनौं  "We are now Strong, We Will Rise Again"

Tuesday, April 28, 2015

उद्दारमा जान सजिलो हुने नक्सा, प्रभावित ठाउँ र जाने बाटो सहित

तपाई राहत र उद्दारमा कतै जादै हुनुहुन्छ? यो पनि हेर्नुस तपाईलाई केही सहयोग पुग्न सक्छ। बिबिध सुचनाका आधारमा GIS बाट बनाईएका यि नक्साहरु तपाईले हेर्न सक्नुहुन्छ। गोरखा, लमजुङ, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोक का प्रभावित गा बि स र त्यहाँ पुग्ने बाटो। यि नक्सा अपडेट हुदै जानेछन साथै अन्य जिल्लाका नक्साहरु पनि थपिदै जानेछन। यि नक्साहरु अमेरिकामा रहनुभएका ईन्जिनियर साथि सतिस त्रिपाठी र संजिब राईले बनाउनुभएको हो।
तपाईंले पनि पाएका जानकारी हामिलाई पठाउनुहोलाः तपाईंले देखेका सुचना दिएर यसरी सहयोग गरिदिनुस, हामी म्याप बनाएर उद्दारमा सहयोग गर्छौं 

कहाँ कहाँ के के सुबिधा छ भन्ने नक्सा



कसरी त्यो ठाउमा पुग्न सकिन्छ भन्ने नक्सा








भुकम्प प्रभावित क्षेत्रहरु

गोरखा जिल्लाको नक्सा

लमजुङ जिल्लाको नक्सा

धादिङ जिल्लाको नक्सा
नुवाकोट जिल्लाको नक्सा
रसुवा जिल्लाको नक्सा
सिन्धुपाल्चोक जिल्लाको नक्सा
काभ्रेपलाञ्चोक जिल्लाको नक्सा




तपाईंले देखेका सुचना दिएर यसरी सहयोग गरिदिनुस, हामी म्याप बनाएर उद्दारमा सहयोग गर्छौं

बिपदको यस बेलामा जो जसले जहाँबाट जे जे सहयोग गर्न सकिन्छ गरौं, देश बिदेश जहाँरहेर पनि आफुले गर्न सकिने सबैले गरेकै छौं र अझै जारी राखौं। अहिले नेपालमा मुख्य समस्या पैसामा छैन, केहि रुपमा सामाग्रीमा छ तर मुख्य समस्या ब्यबस्थापनमा छ। ब्यबस्थापन गर्ने काम आफैमा झन्झटिलो हुन्छ यसैमाथी तारन्तारको भुकम्पका झट्काहरुले त्रसित भईरहेको मन र मस्तिस्कले के केति गर्न सक्ला त्यो आफै पनि सोचनिय छ।
सरकारी उद्दार र राहतमा निकै गुनासा सुनिन थालेका छन तर म भन्छु यो महा बिपत्तिमा आफुले सक्ने सबैले गरौं, यदि कोही कसैले महाबिपतको यो समयलाई कमाउने मेलो बनाएभने सम्झनुस उसको कात्रोमा पनि गोजी हुदैन बरु सप्रमाण भटेिएमा हुने भविश्यको सामाजिक तिरस्कारले आफैले गोजीमा कात्रो बिकेर हिड्न बाध्य हुनेछ। अहिले यति बुझौं र आफुले जे सकिन्छ गरौं।
हाल अमेरीकामा रहनु भएका ईन्जिनियर सतिस त्रिपाठी, GIS Analyst संजिव राई अहिले यस्तै काममा लाग्नुभएको छ, अन्य धेरै साथिहरुको सहयोगमा हामी प्रभावित क्षेत्रमा कहाँ कस्तो अबस्था छ र त्यहाँ जाने रुटहरु कस्ता छन, कहाँ कहाँ पहिरो गएको छ या स्थिति के छ, उद्दारको स्थिति कस्तो छ भनेर चित्रमा देखाउने छौं जसले गर्दा उद्दारमा खट्नुहुने सबैलाई सजिलो हुने हामिले ठानेका छौं।
जस्तै उदाहरणको रुपमा एउटा म्याप हेरौं गोरखाको जसमा बाटोहरु पनि देखाईएको छ। यसमा धेरै अपडेट बाँकि छ। साथै यसला हुने जानकारी पछि गुगल म्यापमा पनि राखिनेछ।

आउनुहोस यो तलको फर्म भरेर तपाईंसंग भएको जानकारी हामिलाई दिनुहोस।

Monday, April 27, 2015

अत्याबश्यक जानकारीः आफ्नो घर फर्किनु अघि घरको सामान्य जाँच यसरी गर्नुस

ठुला ठुला भुकम्प पश्चात हाम्रो ठाउँमा रहेका संरचनाहरु कति ढले भने कति पुरै ढलेका छैनन तर भित्रि रुपमा तिनिहरु कमजोर भएर बसेका हुनसक्छन। कतिपय संरचना केही नभएका पनि हुनसक्छन तर धेरै जसो संरचनामा केहि न केही क्षति त पुगेकै छ। यदि यस्तो क्षति धेरै भएको संरचनामा हामी यत्तिकै बस्न थाल्यौं भने कुनै पनि बेला भत्किन पनि सक्छन त्यसैले आफु घर भित्र छिर्नु अघी आफैले आफ्नो घरको जाँच गर्नुहोस। हुनत यस्ता जाँच गर्न बिशेसत स्ट्रक्चरल ईन्जिनियरको आबश्यकता पर्छ तर हामीसंग रहेको मानव श्रोतको अभाव बिच तपाई आफैले यसरी आफ्नो घरको जाँच गर्न सक्नुहुनेछ।
चर्किएको भित्ता (फोटो: @gunaraj)
नोटः यसरी गरिने घरको जाँच, साना भुकम्पहरु को क्रम रोकिन लागेपछि मात्रै गरौं, सरकारले बाहिरै बस्न तोकेको समय सम्म कम्तिमा यसो नगरौं।
जाँच गर्ने समयमा भत्किएका संरचना नजिक जाने चलाउने नगरौं, कुनै बेला मात्रै थोरै टेका लागेको संरचना रहेछ भने केही भाग झरेर घाईते हुनपनि सकिन्छ।

तपाईंले पहिले आफ्नो घरको प्रकार छुट्याउनुहोस र मुख्य भार थाम्ने संरचना(पिलर सिस्टममा बिम, पिलर, ईट्टा, ढुंगामा घरको भित्ताहरु)का लागी यस अनुसार गर्नुहोस। 
घरहरुलाई ३ बर्गमा बाँडौं।

१) रातो बर्गः खतराजनक, जुन संरचना पुन निर्माण मर्मत नगरी बस्न लायक हुदैनन। यसमा पुर्ण क्षतिग्रस्त भवनहरु पनि पर्दछन। तपाईंको संरचना यस बर्गमा पर्छ भने स्ट्रक्चरल ईन्जिनियरहरुको सल्लाह लिएर मर्मत गराउनुहोला।

२) पहेंलो बर्गः साबधानि पुर्बक केही भाग प्रयोग गर्न सकिने, सामान्य मर्मतले सुरक्षित हुने संरचनाहरु।

३)हरियो बर्गः यस्ता घर जसमा सामान्य सरसफाई र निकै साधारण मर्मत भए पुग्नेछ। 

मुख्य संरचना हेर्नु अघी घरको जगको अबस्था हेर्नुहोस। टाईबिमको तल कस्तो छ, कतै टाईबिमनै चिरिएको पो छ कि? या घर केही धस्सिएको पो छ कि, यदि धस्सिएको, टाईबिम चर्किएको छ भने बाहिरबाटै साबधानी पुर्बक जाँच गरौं, घर छिर्न हतार नगरी स्ट्रक्चरल ईन्जिनियरहरुको सल्लाह लिऔं।

मुख्य संरचनाको प्रकारः

पिलर सिस्टमको घरः


तपाईंको घर पिलर सिस्टमको छ भने यो पुर्णरुपमा क्षति नभएतापनी उचित मर्मत बिना बस्न नमिल्ने हुन सक्छन, यसकालागी तलका मुख्य कुराहरु हेर्नुहोसः

स्ल्याब, पिलर, बिमहरु, सबै या केही चर्किएका छन वा छैनन हेर्नुहोस, बिम र पिलरको जोईन्टको वरिपरि या पिलरको बिचमा यस्तो देख्न सकिन्छ।

Ø  चर्किएको छैन भने यस्तो घरलाई पहेंलो बर्गमा राखौं
*      भित्ताहरु चिरिएको छ या छैन हेरौं यदि भित्ताहरु मात्रै चिरिएको भएमा त्यसलाई सामान्य मर्मत पछि प्रयोगमा ल्याउन सकिन्छ।
*      अन्य भागहरु जस्तै झ्याल, ढोका, सोकेसका स्ल्याबहरुमा क्षतिपुगेको रहेछ भने सामान्य मर्मतपछिनै यसको प्रयोग गर्न सकिन्छ।
*      घर भित्रको अवलोकन पछी घर बाहिर जानुहोस र वरिपरी सबैतिर हेर्नुहोस कतै चर्किएको पो छ कि

Ø  पिलर, बिम, स्ल्याब चर्किएको छ भने
*      बिम, पिलर, स्ल्याबको बाहिरको ढलान उप्किएर झरेको हुनसक्छ र डण्डी देखिएको हुनसक्छ, यदि त्यस्तो छ भने यसको लागी बिशेष ज्ञान भएका प्राबिधिकको रोहबरमा मर्मत गर्न लगाउनु उपयुक्त हुन्छ र त्यसपछि मात्रै घरमा बस्नु राम्रो हुन्छ। बढि क्षति भएका ठाउँमा बलियो टेका लगाएर राखौं।  यस्तो घरलाई रातो बर्गमा राखौं  
यदि घर ढल्किएको छ भने यसलाई पनि रातो बर्गमा राखौ। किनकी यो प्रयोग गर्न लायक रहदैन।

सामान्य मात्र चर्किएको (Hair crack) छ, मसिनो १, २, लाईनमात्र देखिएको छ भने त्यसलाई प्रयोग गर्न सकिन्छ तर मसिना चिरा एकै ठाऊमा धेरै संख्यामा देखिएमा मर्मत पश्चात त्यो रुमको प्रयोग गरौं। यदि त्यो चिरा भित्र सम्म नपरेको भएमा केही समयपछि मर्मत गर्दापनि हुन्छ। यस्तो घरलाई पहेंलो बर्गमा राखौं
यदि भित्ता मात्रै चिरिएको छ भने त्यस भित्ताको बरिपरी वा त्यो कोठा मर्मत अघि प्रयोग नगरौं, (जस्तै माथि देखाएको फोटोको अबस्था) यस्तो घरलाई पहेंलो बर्गमा राखौं

 पिलर बिम र स्ल्याब नचर्किएको र भित्तापनी नचर्किएको घर छ भने यस्ता घरहरुलाई हरियो बर्गमा राखौं। 

ईट्टा/ढुंगाले मात्र बनेको घरः


ईट्टा/ढुंगाले मात्र बनेका घरहरुको मुख्य भार थाम्ने भाग भनेको वाल मात्रै हो, यस्ता घरमा रहेका सम्पुर्ण वालहरुको सुझ्म अवलोकन गर्नुहोस।
Ø  कहाँ कहाँ कति चर्किएको छ, यदि धेरैनै चर्किएको छ भने त्यस्तो ठाँउको माथिको छत/स्ल्याबलाई बलियो टेका लगाऔं र पुर्ण मर्मत पछी मात्रै यसको प्रयोग गरौं। यस्ता घरहरु रातो बर्गमा राखौं।
Ø  यदि भित्ताहरुमा सामान्य मात्र चिरा देखिएको छ भने यस्तो घरलाई पहेंलो बर्गमा राखौं

कतै पनि खासै केही क्र्याक देखिएको छैनभने यस्ता घरलाई हरियो बर्गमा राखौं

यि माथी भनिएका कुरा घरको मुख्य भार थाम्ने संरचनाको हकमा गरिएका हुन। यसबाहेक अन्य धेरै कुराहरुमा ध्यान पुर्याउनुहोला जस्तैः
घर नजिक जाँदा वरिपरी लड्न लागेका पर्खाल या भुँईमा रहेका सिसाका टुक्रा आदीको बारे बिचार गर्नुहोला।
घर भित्र छिर्नासाथ ग्यास या बिजुली अन गर्नु अघि सबै चेक गर्नुहोस, कतै ग्यास लिक पो छ की!, कतै बिजुलीको तार छुटेको पो छ की
घर भित्रका सामानहरु मिलाउदा, राख्दा पनि ध्यान दिनुहोला कतै फेरी आउनसक्ने सम्भावित सानै झट्काले पनि खस्ने पो हुन्छ की!

तपाईंको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुहोला। आफ्नो घर रातो बर्गमा परेको छ भने हरियो बर्गको घर हुने छिमेकीसंग मिलेर बस्नुहोला, यो बिपद सबैको हो, भन्ने बितिक्कै मर्मत गराउन संभव नहुनसक्छ।