बैशाख १२ गतेको गोरखा भुकम्प पश्चात नेपालको धेरै भुभागमा कमपन महसुस भईरहेकै छ। यसरी जाने सम्पुर्ण कम्पनहरु बिभीन्न स्थानमा रेकर्ड गरिएका छन। Istituto Nazionale di Oceanografia e di Geofisica Sperimentale (OGS)ले खुम्बु भ्यालीमा दैनिक रेकर्ड गरेको जमिनको हल्लाई लाई एन्थोनि लोम्याक्सले यसरी चित्रमा देखाएका छन।
यस चित्रमा धरै तलमाथि सम्म पुगेका लाइनहरुले कति धेरै हल्लियो भन्ने जनाउछन। तेर्सा लाईनहरुले प्रत्येक दिनको प्रत्येक घण्टालाई जनाउछन। एउटा बक्समा भएको चित्र एक दिनको हो जसको तल त्यसदिनको मिति लेखिएको छ।
यो तथ्यांक खुम्बु भ्यालीमा लिईएको हुनाले यसले पुर्ब तिरका धककाहरुको राम्रो संग नाप गरेको छ तर पश्चिम तिरका टाढा गएका कम्पनहरु हुनाले यहाँ सानो देखिएको छ। हामीले माथिको चित्रमा देख्न सक्छौं अप्रिल २५ का दिन गोरखामा गएको ठुलो भूकम्पले भन्दा भोलिपल्ट सिन्धूपाल्चोकमा गएको सानो भुकम्पले यस ठाउँ बढी हल्लिएको छ।
यसबाट हामीले अर्को बुझ्नुपर्ने कुरा के हो भने हाम्रा संरचना कति हल्लिए या हाम्रो संरचनामा कति असर पर्यो भन्ने कुरा यति उति रिक्टरको भुईचालो भन्दा पनि जमिन कति हल्लियो त्यो ठाऊमा भन्नेले फरक पार्छ। उदाहरणको लागी यस क्षेत्रको लागी गोरखाको ७.६ (लोकल) रेक्टरस्केल भन्दा भोलिपल्ट सिन्धुपाल्चोक क्षेत्रमा गएको ६.९ (लोकल) रेक्टरस्केल को भुकम्पको असर शक्तिसाली भयो।
(स्टेसन राखेको ठाउँ र गएका केही भुकम्पहरु तलको चित्रमा)